OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ७, २०७७काठमाडौं
३६२ पटक

इश्वरचन्द्र झा
काठमाडौं, वैशाख ७ गते । जापानका चिकित्सकहरुले कोरोनाभाइरस संक्रमणको नयाँ बिरामीहरुको संख्या तिब्र रुपमा वृद्धि हुँदै जाँदा देशको चिकित्सकीय पद्धती ध्वस्त हुने जोखिम बढेको चेताबनी दिएका छन् । अधिकारीहरुका अनुसार कोरोनाभाइरस संक्रमणको अतिरिक्त चापले जटिल स्वास्थ्य स्थिति रहेका बिरामीको उपचार आकस्मिक सेवामा पनि सम्भव हुन सकेको छैन् ।
कोरोनाभाइरसको लक्षण देखिएपछि उपचारका लागि अस्पताल भर्ना हुन एम्बुलेन्समा आएका एकजना बिरामी ८० वटा अस्पतालमा फन्को लगाउनुपर्यो । पहिलो चरणमा भाइरसको संक्रमण रोक्न तथा नियन्त्रणमा लिन सफल भएको जापानमा शनिबारसम्म दश हजार कोरोनाभाइरस संक्रमितको पुष्टि भएको छ । राजधानी टोक्यो सबैभन्दा बढी प्रभावित छन् । करिब दुईसय संक्रमितको मृत्यु भइसकेको छ ।
चिकित्सकहरुको समूहले अस्पताललाई सघाउन र चाप कम गर्न सम्भावित संक्रमितहरुको उपचार टोक्योस्थित जीपी सर्जरी नामक एक औषधालय अगाडि नै गर्न सुरु गरेको छ । बाहिर परीक्षण गर्दा अस्पतालसँगै स्वास्थ्य पद्धतीमाथिको चाप कम हुने अनुमान गरिएको छ । चिकित्सकीय प्रणालीलाई घस्रिनबाट जोगाउन यस प्रकारको उपचार पद्धती सुरु गरिएको रोयटर्ससँगको कुराकानीमा कोनोशिन तमुराले बताउनुभयो । उहाँ जीपी सर्जरीका उपप्रमुख हुनुहुन्छ ।
“सबै सहयोगी हात अगाडि आउनुपर्छ, नभए अस्पताल लङ्गडो हुनेछ ।”– तमुराले जापानको टोक्योस्थित चिकित्सकीय पद्धतीको अवस्था चित्रण गर्नुभयो । जापानको चिकित्सकीय प्रणालीका लागि यो बलियो चेताबनी हो । दुई मेडिकल संघले भने कोरोनाभाइरसको प्रकोपले अस्पतालमा गम्भिर र संवेदनशिल प्रकृतिको बिरामीको उपचारको क्षमता कम गरेको जनाएको छ । अस्पतालले बिरामी फर्काउन थालिसकेको छ । जबकी विश्वका अन्य राष्ट्रहरुको अपेक्षा जापानमा कोभिड–१९ संक्रमितको संख्या अत्यन्तै कम छन् ।
चिकित्सकहरुले व्यक्तिगत् सुरक्षा उपकरणको अभावको गुनासो गरेका छन् । जसले जापान अझै कोरोनाभाइरसको प्रकोप सामना गर्न तयार नभएको देखाउँछ । जनवरीमा चीनपछि पहिलो संक्रमित जापानमा नै फेला परेको थियो ।
यसैबीच, प्रधानमन्त्री शिन्जो आबेले अर्थतन्त्रमा असर पर्ने सोचेर सुरक्षा र सावधानीका उपायहरु छिटो लागु नगरेको भन्दै आलोचन गरिदैछ । टोक्योका गर्भनरले कडा र उच्च सतर्कता अपनाउने निर्देश जारी गर्नुपर्ने विचार राख्दा आबे सरकारसँग बहस नै हुनपुग्यो । बिहिबार मात्रै प्रधानमन्त्री आबेले देशब्यापी संकटकालको घोषणा गर्नुभयो ।
सरकारले परीक्षणको दर बढाउन मोबाइल परीक्षणसहितको सुविधाको तयारी गर्दैछ । पछिल्लो सातामा जापानमा अन्य राष्ट्रहरुको अपेक्षा थोरै मात्रै परीक्षण सञ्चालन गरिएको छ । अक्सफोर्ड विश्वविद्यालयका अनुसार मार्च महिनामा जापानमा दक्षिण कोरियाको अपेक्षा १६ प्रतिशत मात्रै परीक्षण गर्यो ।
दक्षिण कोरियाले युद्धस्तरमा परीक्षण सञ्चालन गर्दा कोरोनाभाइरस संक्रमणको दरलाई नियन्त्रणमा राखेको छ । जापानले भने युद्धस्तरमा परीक्षण गरिनु स्रोतको दुरुपयोग हुने बताएको थियो । जापानमा परीक्षण स्थानीय स्वास्थ्य केन्द्रहरुमा गरिएका छन् । केन्द्रीय सरकारले व्यवस्थित, प्रभावकारी र ठूलो मात्रामा परीक्षण गरेको छैन् । स्थानीय स्वास्थ्य केन्द्र भने व्यवस्थित र पर्याप्त उपकरणको अभावमा छन् ।
तर शुक्रबार प्रधानमन्त्री आबेले स्वास्थ्य र परीक्षण नीतिमा परिवर्तन गर्न लागेको बताउनुभएको छ । विगत्को कमीकमजोरीका बीच उहाँले परीक्षणलाई वृहत्त बनाइने प्रष्ट्याउनुभयो । एक पत्रकार सम्मेलनमा उहाँले क्षेत्रीय मेडिकल अशोसिएशनसँगको समन्वय र सहयोगमा परीक्षण केन्द्र स्थापना गर्न लागेको जानकारी दिनुभयो ।
“घरेलु चिकित्सकले परीक्षण आवश्यक रहेको सिफारिश गरेको अवस्थामा परीक्षणको लागि नमूना संकलन गरेर नीजि केन्द्रमा पठाइनेछ” भन्नुहुँदै प्रधानमन्त्री आबेले यसरी सार्वजनिक स्वास्थ्य केन्द्र र अस्पतालमा चाप कम हुने बताउनुभयो । प्रकोपले जापानको अवस्था नराम्ररी प्रभावित भइरहँदा संकटकाल घोषणा गरेको केहीपछि उहाँले यस प्रकारको प्रतिक्रिया दिनुभयो ।
संकटकाल घोषणाले क्षेत्रीय सरकारलाई सर्वसाधारणलाई घर भित्रै बस्न जोड दिनमा सघाउ पुग्नेछ । जापानमा ८ अप्रिलदेखि संकटकाल घोषणा गरिएको छ । क्षेत्रीय सरकारले सुरक्षा र सर्तकताका अन्य उपायहरु पनि थपेका छन् ।
जापानको दुई मेडिकल अशोसिएशनले यसअघि नै संयुक्त वक्तब्य जारी गरी आकस्मिक चिकित्सकीय पद्धती ध्वस्त हुन लागेको महसुस भएको चेताबनी दिएको छ । ओसाकाका मेयरले सर्वसाधारणलाई रैन कोट दान दिन आग्रह गर्नुभएको छ । जसलाई पीपीईको रुपमा प्रयोगि गरिनेछ ।
(बीबीसीमा प्रकाशित समाचारमा आधारित) गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्