OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३०, २०७९सुर्खेत
३५६ पटक

sharethis sharing button

२९ जेठ २०७९ आइतबार 

कर्णाली प्रदेश सरकारले यहाँका दुई उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीमा सबैभन्दा राम्रो काम गर्ने तथा  जिल्लास्तरीय उत्कृष्ट काम गर्ने दुई उद्यमीलाई सम्मान गरेको हो । जस अनुसार प्रदेशस्तरमै उत्कृष्ट उद्यमीलाई रु दुई लाख र सुर्खेत जिल्लाभरि राम्रो काम गर्ने उद्यमीलाई रु एक लाख नगदसहित सम्मान गरिएको हो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आइतबार आयोजना गरेको सम्मान कार्यक्रममा प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामाले उत्कृष्ट उद्यमीलाई पुरस्कार वितरण गर्नुभयाे। सम्मानित हुनेमा  प्रदेशस्तरमा कुशे गाउँपालिका–८ जलजला नेपाली हाते कागज उद्योगका  सञ्चालक मानबहादुर थापाले सम्मानपत्रसहित दुई लाख नगद प्राप्त गर्न सफल हुनुभएकाे छ ।

त्यसैगरी सुर्खेत जिल्लास्तरका उद्यमीहरु मध्ये सुर्खेतबाट ग्लाेबल च्याउ तथा कृषि उद्योगका सञ्चालक वसन्तीकुमारी अधिकारीलाई सम्मानपत्रसहित रु एक लाख नगद प्रदान गरिएको छ । उत्कृष्ट उद्यमी सम्मान कार्यक्रममा मन्त्री लामाले कर्णालीका उद्यमीहरूलाई तालिमसहितको आवश्यक सामान दिइने जनाउनुभयाे । जसले तालिम लिन्छ उसैले आवश्यक सामान पाउनुपर्ने उनको भनाइ छ । आउँदो बजेटमा उद्यमीमैत्री कार्यक्रम र सहुलियतमा ऋणको व्यवस्था गरिने मन्त्री लामाले बताउनुभयाे ।

प्रतिकृया दिनुहोस्