OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २९, २०७९सुर्खेत
२३१ पटक

कर्णाली, २९ जेठ २०७९ आइतबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले हरेक नागरिकले इमान्दारितापूवर्क कर्तव्य पालना गरे मानव अधिकार संरक्षण हुने बताउनुभएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगाद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा व्यवसाय र मानव अधिकारका सन्दर्भमा आयोजित ‘कर्णालीमा मानव अधिकारको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले मानव अधिकारको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्नुभयो । राज्यसम्वद्ध निकायसंगै प्रत्येक नागरिकले इमान्दारितापूर्वक कर्तव्य पालना गर्न सके मानव अधिकारको संरक्षण हुने यहाँले जनाउनुभयो ।

“नेपालको संविधानमा सबैको हक अधिकार सुनिश्चित गरिएको छ,” उहाँले भन्नुभयो, “यद्यपि हरेकले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन् नहोस् भन्नेतर्फ सचेत बन्नुपर्छ ।” शान्त, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि नागरिक तहदेखि सबै क्षेत्रको सकरात्मक योगदान हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

युवा विद्यार्थीले प्रहरी कुट्दै जाने, उद्योग व्यवसायीहरुले कालोबजारी गर्ने, कानून व्यवसायीले पैसाविना गरिबको पक्षमा पैरवी नगरे मानव अधिकारको संरक्षण कसरी हुन्छ भन्ने प्रश्न गर्दै मुख्यमन्त्री शाहीले सबैले राज्यसँग मात्र प्रश्न तेस्र्याउने काम गरे एउटा असल नागरिकको समाजप्रतिको उत्तरदायित्व सकिएर जाने बताउनुभयो ।

त्यस्तै, प्रदेश सरकारका मुख्यन्यायधिवक्ता धु्रवकुमार श्रेष्ठले कर्णालीमा अशिक्षा, गरिबी र भोक, मानव अधिकार संरक्षणमा चुनौतिरुपमा खडा भएको टिप्पणी गर्नुभयो । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले आम उपभोक्ताको अधिकार उद्योग, व्यवसाय क्षेत्रबाट संरक्षण हुने भन्दै मानव अधिकार संरक्षण एवं प्रर्वद्धनमा सहयोग पुर्याउने प्रतिवद्धता गर्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका अनुसन्धानकर्ता प्राडा.गोविन्द सुवेदीले कर्णाली र सुदुरपश्चिम प्रदेशका नागरिकको मानव अधिकार र हालको अवस्थाका बारेमा आफ्नो प्रस्तुति राख्नुभयो । आयोगका उपसचिव हरि ज्ञवालीले कार्यक्रमको विषयवस्तु राख्दै आजदेखि कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोगले सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको जनाउनुभयो ।

 

प्रतिकृया दिनुहोस्