OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २७, २०७९सुर्खेत
४३८ पटक

२७ जेठ २०७९, शुक्रबार

कर्णाली प्रदेश सरकारको आगामी आव.२०७९÷०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । दुई दिनसम्म प्रदेशसभामा छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो ।

प्रदेशसभाको दशौं अधिवेशनको ११औं बैठकमा सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारितका लागि सभामा प्रस्ताव पेश गर्न मुख्यमन्त्री शाहीलाई समय दिनुभएको थियो । तत्पश्चान् प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले आव.२०७९÷०८० को नीति तथा कार्यक्रम पारित गरियोस् भनि गरेको सभासमक्ष प्रस्ताव पेश गर्नुभयो । प्रस्ताव पेश गरेसँगै बहुमत सदस्य संख्याका आधार उक्त नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख शाहीले घोषणा गर्नुभयो ।

त्यसैगरी, सभामुखले कर्णाली प्रदेशसभा नियमावली, २०७४ लाई दोस्रो संशोधन गर्न गठित समितिको प्रतिवेदन सभासमक्ष पेश गर्न समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई समय दिनुभयो । अध्यक्ष श्रेष्ठ समितिको १७ पृष्ठको उक्त प्रतिवेदन सभासमक्ष पेश गर्नुभयो । चार घण्टा लामो समय चलेको आजको प्रदेशसभको बैठकबाट सभामुख शाहीले समितिको अर्को बैठक जेठ २८ गते शनिबार दिउसो ३ः०० बजे बस्ने सूचना गर्नुभयो ।

प्रतिकृया दिनुहोस्