OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २७, २०७९सुर्खेत
४२६ पटक

२७ जेठ २०७९, शुक्रबार

जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनमा एमाले–माओवादी गठबन्धन विजयी भएको छ । कुल १८ मतमा १० मत प्राप्त गरी एमाले र माओवादी गठबन्धनको प्यानलै विजयी बन्यो । काँग्रेसका प्रमुख दिलिपकुमार वाग्लेसहित सदस्यका उम्मेदवारहरुले भने ८ मत प्राप्त गरेका थिए ।

जिससको आज सम्पन्न निर्वाचनबाट प्रमुखमा नेकपा एमालेका गंगाराम सुनार र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का सचिनकुमार बडुवाल विजय भएको मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यले जानकारी दिनुभयो । त्यस्तै, नेकपा एमालेबाट महिला सदस्यमा चन्द्रा धामी, मिना मल्ल, अन्य सदस्यमा डिल्ली पाण्डे र पृथ्वीबहादुर बुढा, अल्पसंख्यकमा सावित्रा टमटा समन्वय समिति सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत डा.आचार्यले बताउनुभयो ।

उहाँका अनुसार माओवादी केन्द्रबाट महिला सदस्यमा शान्ति तारामी र अन्यमा तुलबहादुर नेपाली समन्वय सदस्यमा निर्वाचित भएका छन् । काँग्रेसबाट प्रमुखमा वाग्ले, महिला सदस्यहरुमा गौरी दमाई र रत्ना कँडेल, अन्यमा लीलाजंग शाह र अल्पसंख्यकमा उजिरसिंह कामीसहित पाँच जनाले उम्मेदवारी दिएका थिए । शुरबहादुर सिंह

 

प्रतिकृया दिनुहोस्