OnlinePana

आज : २०८० चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,जेठ २७, २०७९ जुम्ला,
८२५ पटक

जेठ २७ गते । नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्ध बिप्लव जुम्ला आउनु हुने भएको छ ।  नेपाल कप्यूनिष्ट पार्टीका महासचिव चन्द्ध जुम्ला आउने भएकाले तयारी भईरहेको पार्टीले जनाएको छ ।

जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाहीले पार्टीका महासचिव नेत्रविक्रम चन्द्ध बिप्लव र खड्कबहादुर विश्वकर्मा सहितका नेताहरु असार ६ गते जुम्लामा हुने कार्यक्रममा उपस्थित हुने जानकारी दिनुभयो ।

लामो समय पछि कर्णाली क्षेत्रमा नेता बिप्लब सार्वजनिक कार्यक्रममा आउने भएका छन् । बिप्लब र प्रकाण्ड आउने तय भएपछि विभिन्न कार्यक्रम तयारी भईरहेको सेक्रेटरी शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्भवत माओवादी जनयूद्धको समयमा बि.सं २०५५ सालपछि बिप्लब जुम्लाको कार्यक्रममा आउने हुने भएको छ ।

प्रतिकृया दिनुहोस्