OnlinePana

आज : २०७९ आषाढ १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २७, २०७९सुर्खेत
४६ पटक

२७ जेठ २७ शुक्रबार

गएराति अचानक आगलागी हुँदा तिला गाउँपालिका ८ जुम्ला पुरुगाउँको एक घर पूर्णरुपमा नष्ट भएको छ ।

पुरुगाउँ निवासी बीरमान नेपालीको घरमा गएराति ११ः३० बजे आगलागी भएको थियो । उक्त आगलागीबाट नेपालीको ढुंगा र माटोले बनेको दुईतले घर पूर्णरुपले नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । घर भित्र रहेका भाडा वर्तन, लत्ताकपडा, अन्नपात, २७ वटा खरायो, १० कुखुरा जली नष्ट भएको प्रहरीले जनाएको छ ।
a
प्रहरीका अनुसार आगो निभाउने क्रममा नेपाली सामान्य जली घाईते भएका छन् । प्रहरी चौकी रारालिही जुम्ला र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आउँदा मानवीय क्षति हुन जोगिएको जनाईएको छ । त्यस्तै, हिजो राति नै करिब १०ः०० बजेको समयमा लेकबेसी नगरपालिका ३ सुर्खेत साजेस्थित गगन पोख्रेलेको फुसले छाएको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।

राति ११ः३० बजे प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि मानवीय क्षति नभएको तर घरभित्र रहेका लत्ताकपडा, भाडावर्तन, अन्नपात गरी रु.६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस्