OnlinePana

आज : २०८३ जेठ २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २४, २०७९सुर्खेत
५११ पटक

२४ जेठ २०७९, मंगलबार

चार दिनदेखि हराएकी गुर्भाकोट नगरपालिका ५ सुर्खेत धारापानीका करिब सात वर्षीय बालिका मृत अवस्थामा फेला परेकी छन् ।

उनी गएको शनिबार नेपाली काँग्रेसको उक्त नगरपालिका ५ ले आयोजना गरिएको कार्यक्रममा हजुर आमासँगै गएकी थिइन् । सोही दिनबाट बालिका हराएकी हुन् । बालिका घर नआएपछि परिवारले सोमबार प्रहरीमा जानकारी दिएको थियो । खोजीको क्रममा उनकै घरदेखि १०० मिटर तल मितबेतिनी भन्ने स्थान आज बिहान ६ः३० बजे बालिका मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

“घटनाबारे अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थल पुगेको छ,” प्रहरी नायब उपरीक्षक घर्तीले भन्नुभयो, “बालिकाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ” शुरबहादुर सिंह

 

प्रतिकृया दिनुहोस्