OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,जेठ २१, २०७९जुम्ला,
५६३ पटक

जेठ २१ गते, तातोपानी गाउँपालिका १ स्थित रानी ज्यूलोमा कुलो निर्माणपछि रोपाई सुचारु भएको छ । २०७८ कात्तिक महिनामा आएको बाढी पहिरोबाट रानि ज्यूलो सहित तातोपानी र तिलाको भरीखोला क्षेत्र धेरै सिँचाई कुलाहरु बगेर जानुका साथै सिचाईमा प्रभावित हुने भएको छ । तर केही कुलोहरु निर्माण गरेर रोपाई सुचारु गर्ने प्रयास गरिएको छ । तातोपानी १ अन्तरगत पर्ने रानि ज्यूलो कुलो बाढिले वगाएको स्थानको आरसिसि गरेपछि संचालनमा आएको छ ।

जिल्ला कृषि विकास कार्यालयको ७ लाख र स्थानीयको रु एक लाख श्रमदानमा उक्त कुलो बाढीले बगाएको स्थानमा ४१ मिटर आरसिसि र अन्य काम गरेपछि पानी सुचारु भएर रोपाई भएको छ । कार्यालय प्रमुख गणेश अधिकारीका अनुसार विपतले बगाएको रानि ज्यूलाको कुलोमा तत्कालका लागि प्रदेश सरकारको सहयोगबाट ४१ मीटर आरसिसि, ४० वटा ग्याविन र अन्य काम गरेपछि रोपाई सुचारु भएको छ तर कुलो पुरै आरसिसि तथा बाँध निर्माण गर्न ठूलो योजना चाहिने भएको छ । सो स्थानमा नदिले बर्खायाममा अझै कटान गर्न सक्ने भएकाले धेरै ग्याविन सहित अन्य थप निर्माण आवश्यक रहेको हो ।

रानी ज्यूलोमा करिब १५, १६ हेक्टर मार्सीधान फल्ने खेत रहेका स्थानीय उपभोक्ता समितिका अध्यक्ष कलबहादुर कठायतले बताउनुभयो । उहाँले बिपतले धान रोप्न नपाईने होकि भन्ने थियो तर अव यो बर्ष जेनतेनपानी पुरयाउन कृषि विकास कार्यालयको कार्यक्रमले राहात दिएको बताउनुभयो । उहाँका अनुसार अव यो बर्ष रोपाई त हुन्छ तर नदिले धेरै कटान गरिसकेकाले ध्यान नदिएमा फेरी बगाउने डर उत्तिकै छ ।

यस्तै जिल्ला कृषि विकास कार्यालय जुम्लाले बाढीले बगाएको तातोपानी १ कै वाईराकाको १०० मिटर कुलो पुर्ननिर्माणका लागि काम भईरहेको छ ।
कृषि विकास कार्यालयका सवईन्जिनियर महेश बुढ्थापाका अनुसार तिला गाउँपालिका ४ नुवाकोटमा पनि वितले बगाएको वालु देखी चौसिला आरसिसि १२३ मिटर कुलो आरसिसि निर्माण भएको छ । तर सो कुलो धेरै बनाउनु पर्ने आवश्यक रहेको छ । उहाँका अनुसार जुम्लाका सिचाई योजना तथा आरसिसि कुलो ६० बढि थानमा निर्माण भईरहेका छन् ।

तातोपानी १ मै तातोपानीको रानी ज्यूलोमा अवस्थाको अवलोकन गर्न तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाई, वडा नम्बर दुईका अध्यक्ष चन्द्रमान बुढाले तत्कालको आरसिसि कामले रोपाई हुने भएकाले कृषि विकास कार्यालयलाई धन्यवाद दिएका छन् । गाउँपालिका अध्यक्ष चौलगाईले कुलोलाई वलियो नबनाएमा बर्खाको पानीले समस्या पार्ने भएकाले बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । २०७८ साल कात्तिकमा आएको बाढीले धेरै तातोपानी र तिलाका मार्सीधानका फाट र कुलाहरु बगाएकाले कृषि क्षेत्रमा ठूलो क्षेति पुगेको समयमा कृषि विकास कार्यालयले मलम लगाउन शुरु गरेकोमा किसान खुशी भएका छन् ।

प्रतिकृया दिनुहोस्