OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २०, २०७९जुम्ला,
२५० पटक

कर्णाली, २० जेठ, जिल्ला मालपोत तथा नापी कार्यालय जुम्ला ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिमैत्री नहुँदा उनीहरुलाई सेवा लिन समस्या भएको छ ।
जुम्ला सदरमुकाम खलंगा बजार समुद्री सतहदेखि दुई हजार ५१४ मिटर उचाईमा छ । मालपोत कार्यालय त्यसभन्दा करिब २०० मिटर उचाईमा पर्दछ । त्यहाँ सेवा लिन जाने सबै सेवाग्रहीले उकालो बाटो चढ्नुपर्दछ । जग्गा कारोवार हुने भएकोले सेवाग्रहीहरुमा ज्येष्ठ नागरिकहरुले अनिवार्य मालपोत कार्यालय पुग्नैपर्छ तर दम तथा श्वासप्रश्वासका रोगी नागरिकहरुले त्यहाँ पुग्न निकै सास्ती भोग्नुपर्दछ ।
मालपोत पुग्न असहज भएपछि ज्येष्ठ नागरिक, दमका रोगी तथा अपाङ्गता भएका व्यक्तिहरुले सेवालाई सहज र सुगम बनाउन अनुरोध गरेका छन् । जिल्ला ज्येष्ठ नागरिक संघका अध्यक्ष तीर्थराज भारतीले मालपोत कार्यालय जुम्ला आफ्ना लागि निकै कष्टकर भएको बताउनुभयो ।

हामीले जिल्ला प्रशासन कार्यालय, राजनीतिक र नागरिक समाजलगायतका सरोकारवाला निकाय मालपोत कार्यालय सहज बनाउन धेरै पटक पहल ग¥यौं तर आजसम्म हाम्रो पीडा कसैले सुनुवाई गरेन, अध्यक्ष भारतीले भन्नुभयो, तत्कालीन् जिल्ला विकास समिति र महिला विकास कार्यालयमा मालपोत र नापी सारिदिएको भए हामीलाई सहज हुने थियो । उहाँले आयुर्वेद स्वास्थ्य सेवा केन्द्र पनि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिमैत्री नभएको उहाँले दुखेसो प्रकट गर्नुभयो ।

अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्र जुम्ला अध्यक्ष नन्दराज धितालले मालपोत तथा नापी दुवै कार्यालय ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिमैत्री नहुँदा ठूलो दुःख भोग्नुपरेको प्रतिक्रिया दिनुभयो । “सबै सरकारी कार्यालय सदरमुकाम खलंगा बजारमा छन् । तर उक्त कार्यालय अवैज्ञानिक स्थानमा राखिएको छ । त्यसलाई तल सार्न जरुरी छ,” अध्यक्ष धितालले भन्नुभयो ।

यता जिल्ला मालपोत कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख नरेन्द्र रोकायले कार्यालयको भौतिक संरचना र सेवा प्रवाह राम्रै भएपनि ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई त्यहाँ पुग्न निकै असहज भएको बताउनुभयो । उहाँका अनुसार अब मालपोत विभागको परिपत्र अनुसार तत्कालीन सिंजा क्षेत्रका ११ गाविसलाई सेवा पुग्ने मालपोतको शाखा सिंजा गाउँपालिका राख्ने पहल सांसद गजेन्द्र महतले गर्नुभएको छ ।

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता राखेर सेवा दिएको बताउँदै निमित्त कार्यालय प्रमुख रोकायले जनप्रतिनिधिहरुद्वारा पहल भए कार्यालय उपयुक्त ठाउँमा सार्न सकिने निमित्त कार्यालय प्रमुख रोकायको भनाई छ । चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको समस्यालाई मध्यनजर गरी मालपोत कार्यालय तल सार्न पहल गरिरहेको बताउनुभयो । शुरबहादुर सिंह

 

प्रतिकृया दिनुहोस्