OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १९, २०७९सुर्खेत
११४१ पटक

१९ जेठ २०७९, बिहीबार

मुलुक संघीयता संरचना गएपछि पहिलो लोक सेवा आयोगको परीक्षा सञ्चालन गरेको कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेतले ओएमआर प्रविधिबाट लिखित नतिजा प्रकाशन गरेको छ ।

आयोगका सचिव भूपेन्द्र थापाले कर्णालीको इतिहासमा पहिलो पटक अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिबाट आयोगले जेठ १८ गते बुधबार लिखित नतिजा प्रकाशन गरेको जानकारी दिनुभयो । सचिव थापाका अनुसार प्रदेश लोक सेवा आयोगले यही बैशाख १० गते विविध सेवाअन्तरगत खुला तथा समावेशी सहायकस्तर पाँचौ तहको महिला विकास निरीक्षक पदको प्रथम चरणको परीक्षा लिएको थियो ।

“यो हाइब्रिड प्रविधिले परीक्षाको नतिजा प्रकाशनमा शुद्धता, शीघ्रता र विश्वसनीयता प्रदान गरेको छ,” सचिव थापाले भन्नुभयो, “अब यही प्रविधिको सहायताले यसको लगत्तै सहायक पाँचौ तहको परीक्षाको नतिजा प्रकाशन गर्दैछौं ।” ओमएमआर प्रविधिबाट नतिजा प्रकाशन गर्न आयोगले यही जेठ १७ र १८ गते गते बाहिरबाट विज्ञ बोलाएर आयाेगका सबै कर्मचारीहरुलाई प्रविधिजन्य सीपसम्बन्धी तालिम तथा प्रशिक्षण  परीक्षाफल प्रकाशन गरिएकाे उहाँले बताउनुभयाे ।

उक्त परीक्षामा एक हजार ४५५ जना परीक्षार्थी सम्मिलित भएको आयोगका प्रवक्ता एवं उपसचिव बुद्धिबहादुर खत्रीले जानकारी दिनुभयो । “सम्मिलित परीक्षार्थीहरुमा ३१४ जना परीक्षार्थीहरु प्रथम चरणको परीक्षामा उत्तीर्ण भएर द्वितिय चरणमा प्रवेश गरेका छन्,” प्रवक्ता खत्रीले भन्नुभयो, “उत्तीर्ण सबै परीक्षार्थीहरुले साविककै प्रवेशपत्रको आधारमा परीक्षा केन्द्रमा सहभागी हुनुपर्नेछ ।”

प्रथम चरणमा उत्तीर्ण परीक्षार्थीहरुको द्वितिय चरणको परीक्षाका लागि असार ११ गते बिहान ८ः०० बजेको समय तोकिएको उहाँले जनाउनुभयो । महिला विकास निरीक्षक पदको परीक्षामा सहभागी भएर उत्तरपुस्तिकामा (की) उल्लेख नगरको १५ जना परीक्षार्थीको परीक्षा रद्ध गरेको कर्णाली प्रदेश लोक सेवा आयोगको कार्यालय सुर्खेतले जनाएको छ ।

महिला विकास निरीक्षक पदकाे  नतिजा हेर्नुहाेस् :

https://ppsc.karnali.gov.np/site_uploads/515-516-su-908458215.pdf

 

प्रतिकृया दिनुहोस्