OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,जेठ १८, २०७९जुम्ला,
३२३ पटक

१८ जेठ २०७९ बुधबार

जुम्लामा द्वन्द्व कालमा जलेर नष्ट भएका सुर्खेत जुम्ला उच्च अदालत र जिल्ला अदालत जुम्लाका दुई भवन उद्धाटन गरिएका छन् ।
सर्वोच्व अदालतका कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्कीले भवनको उद्धाटन गर्नुभएको हो । बि.सं २०५९ साल कार्तिक २८ गते माओवादी सशस्त्र युद्धकाे समयमा जुम्ला आक्रमण हुदा जलेको तत्कालिन पुनरावेदन अदालत (हालको सुर्खेत जुम्ला उच्च अदालत ईजलास र जिल्ला अदालत जुम्लाको निर्माण गरिएको आधुनिक भवनहरु उद्धाटन गरिएका हुन् ।

द्वन्द्व कालमा जलेका भवन आधुनिक रुपमा निर्माण भएपछि सेवा दिन सजिलो हुने बताईएको छ । कामु प्रधानन्यायधीश कार्कीले स्वच्छ र सजिलो न्यायसेवा दिन भौतिक संरचना अतिआवश्यक भएकाले अब सजिलो हुने र कर्णालीमा न्यायलयको अवस्थाका विषयमा अवलोकन गर्न आउदा खुशी भएको समेत बताउनुभयो ।

उहाँले एक कार्यक्रमका बीचमा भवन उद्धाटन गर्दै नेपालमा जनपक्षीय न्याय थप सुदृढ गर्न सर्वोच्च अदालतले शुरु गरेको बताउनुभयो । भवन उद्धाटन पछि औपचारिक कार्यक्रममा बाेल्दै कामु प्रधानन्यायधीश कार्कीले मुद्दाको दर्तादेखि फैसला सम्म मात्रै नभई त्यसबाट आउने सकारात्मक प्रतिफलबाट नागरिकले न्याय पाउनेमा जोड दिनुभयो । उहाँले सर्वोच्च अदालतमा अहिले धेरै मुद्दा हुने भएकाले गोला प्रथाबाट शुरु गरिएको भन्दै अब स्वचालित मेसिनबाट मुद्दा हेर्न शुरु गर्ने तयारी भएकोमा बताउनुभयो । कामु प्रधानन्यधीश कार्कीले छिटो छरितो, निष्पक्ष र प्रभावकारी ढंगबाट न्यायसेवा दिन आजको आवश्यकता भएकाले कर्णालीमा पनि सो अनुसारको सेवा दिन न्यायधीशलाई निर्देशन समेत गर्नुभयो ।

सर्वोच्च अदालतका बरिष्ठतम न्यायधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतले सजिलो बनाउन मुद्दाको वर्गीकरण गरिएकोमा जोड दिनुभयो । उहाँले ६ महिना एक बर्ष र डेड बर्ष कतिमा कुन मुद्दा हेर्ने त्यसको वर्गीकरण गरिएकाले अव ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सर्वोच्च अदालतले बनाएको कार्ययोजना सम्पन्न गर्न नागरिकको समेत सहयोग आवश्यक रहेको बताउनुभयो । सुर्खेत जुम्ला उच्च अदालत ईजलास सुर्खेतका प्रमुख न्यायधीश शेषराज शिवाकोटीले अब संरचना बन्यो, सेवालाई सजिलो बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

संरचना बनेपछि सजिलो :

भौतिक संरचनानै जलेपछि लामो समय साँघुरो स्थानबाट दिईएको सेवा अब फराकिलो हुने भएको छ । सुर्खेत जुम्ला उच्च अदालत जुम्लाका न्यायधीश श्रीमणकुमार गौतमले संरचना बनेपछि अव काम गर्न फाराकिलो हुने भएको बताउनुभयो । उहाँले सुर्खेत जुम्ला उच्च अदालत ईजलासको रु तीन करोड २२ लाख १३ हजार सात रुपैया लागतमा २४ कोठे आधुनिक भवन निर्माण भएको जानकारी दिनुभयो । जिल्ला अदालत जुम्लाका न्यायधीश जवाहरप्रसाद सिंहका अनुसार जिल्ला अदालत जुम्लाको भवन निर्माण रु ४ करोड २१ लख ४३ हजार लागतमा २० कोठे भवन निर्माण सम्पन्न भएको बताउनुभयो ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले दुर्गममा १२ महिना न्यायधीस बस्ने वातावरण बनाउन कामु न्यायधीशलाई ध्यानाकर्षण गराउनुभयो । चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले स्थानीय तहले समेत न्याय सम्पादन गर्ने अधिकार समेत भएकाले सचेतना कार्यक्रम गर्न आवश्यक रहेको छ ।

अधिवक्ता मिनबहादर महतले २०३५ सालमा स्थापना भएको पुनरावेदन अदालत ०६९ सालमा जलपछि आज आधुनिक रुपमा स्थापना भएपछि खुशी व्यक्त गर्दे कार्यालय जलेपछि न्यायधीशको आवासमा ईजलास चलाउनु परेको बाध्यताको स्मरण गर्दै संरचना मात्रै भएर होईन न्यायधीश चार महिना मात्रै कर्णाली बस्ने विषयमा कायममुकाय प्रधानन्यायधीशको ध्यानाकर्षण गराउनु भयो ।

 

प्रतिकृया दिनुहोस्