OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १४, २०७९जुम्ला,
७०७ पटक

जुम्ला जेठ ११ गते । जुम्लाको चन्दननाथ नगरपालिकामा महिनावारी स्च्छता समन्वय दिवस मनाईएको छ ।
चन्दननाथ नगरपालिका वडा नम्बर ९ को आयोजना र एसएनभि नेपाल, पेस नेपाल र मित्र नेपाल सहितका साझेदार संस्थाहरुको सहयोगमा महिनावारी दिवस मनाईएको हो । अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस, विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदै गरेको पाइन्छ । जुम्लामा दिवसको अवसरमा चन्दननाथ नौका ४० भन्दा बढी महिलालाई स्यानिटरी प्याड बितरण गरिएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर ९ वडाको कार्यलयको आयोजनामा महिनावारीका विषयमा विभिन्न छलफल तथा चेतनामूलक कार्यक्रम गरिएको छ ।

महिनावारी मैत्री शौचालय भए नभएको, महिलाले महिनावारी हुदा गरिने खानेपानी तथा सरसफाईका बिषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा किशोरीमा समेत महिनावारीको उचित व्यवस्थापनको पर्याप्त सूचनाको अभाव रहेको र त्यसले गर्दा प्रत्यक्ष प्रभाव उनीहरुको शिक्षामा पर्ने गरेको बिभिन्न अध्यायनले देखाउने गरेको एस एन भि नेपालका नन्दलाल धरालाले बताउनुभयो ।

महिनावारी स्वच्छता कार्यक्रममा बोल्दै चन्दननाथ नगरपालिकाका नगरउपप्रमुख रामदेवी खड्काले महिलाहरुको समस्याको रुपमा रहेको छाउपडी प्रथालाई न्युनकरणका लागी नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले न्युन आय भएका महिलाहरुलाई महिनावारी स्वच्छता कायम गर्न समस्या परेको भन्दै प्याड सहयोगबाट केही समयलाई सहयोग हुने बताउनुभयो ।

उहाँले दिवसको रुपमा नभएर सबै कुरा ब्यवहारमा लागु गर्नु पर्ने बताउदै महिनावारी हुँदा सबै भन्दा बढी पोषिलो खाने कुरा खान र सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो । त्यस्तै चन्दननाथ ९ का वडाध्यक्ष भिम बहादुर रावतले वडाको कुरीतीका रुपमा रहेको छाउपडी प्रथा न्युनिकरणका लागी वडा सरकार लागी गर्ने बताउनुभयो । समाजमा हुने बिकृति र बिसंगति हटाउन सबैको साथ सहयोग आबश्यक रहेको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ शाखा जुम्लाकी उपाध्यक्ष दिलमाया शाहीले महिनावारीलाई भ्रमित रुपमा प्रचार गरिएको बताउनुभयो । महिलाहरुको यो विशेष क्षमतालाई सही तरिकालाई बुझाउन नसक्दा छुइप्रथाको रुपमा कायम रहेको हो । महिनावारी सम्बन्धी गलत भ्रमलाई हटाउन बिभिन्न अभियान संञ्चालन गर्न आबश्यक रहेको छ । उहाँले महिनावारी छुई बाड्ने प्रथाको रुपमा कायम रहदा महिलाको प्रजननन स्वास्थ्यमा असर परेको छ । प्राकृतिक बिषय महिनावारीलाई सहज तरिकाले बुझाउनका लागी चेतना जगाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्