OnlinePana

आज : २०८३ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १२, २०७९
४८१ पटक

११ जेठ २०७९, बिहीबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा लागु औषध ब्राउन सुगरसहित दुईजना व्यक्ति पक्राउ परेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका ६ शनिहलस्थित बस्ने ३५ वर्षीय विकाश गौतम र वडा नं. ९ बस्ने २९ वर्षीय दिपक थापालाई पक्राउ गरेको हो । उनीहरुलाई शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच ४० मिलिग्राम शुद्व ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ (लागूऔषध) बरामद गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज पक्राउ परेका दुवैजनाको थप अनुसन्धान भइरहेको छ । प्रहरीको तीव्र निगरानीले पछिल्लो समयमा लागुऔषध प्रयोगकर्ताहरुको संख्यामा कमि आएको बताउनुभएका प्रहरी उपरीक्षक पाण्डेले लागुऔषध दूव्र्यसनी रोकथाम अभियानलाई कडाई गरिएको जनाउनुभयो ।

 

प्रतिकृया दिनुहोस्