OnlinePana

आज : २०८२ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ ११, २०७९
३८२ पटक

जुम्ला ।  जुम्लाका केहि व्यक्तिको मिलेमत्तोमा कुप्रचार गरी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ शाखा जुम्लालाई बिवादित बनाउन र जिल्लाका पत्रकारहरुलाई विभाजित गर्न खोजिएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र शाहीले बताए ।

मंगलबार साँझ जुम्लाका केहि पत्रकारहरुले नियोजित ढंगबाट पत्रकार महासंघ र पदाधिकारी माथि आँच आउने गरी सार्वजानिक भएको प्रेश विज्ञेप्ती प्रति गम्भीर ध्यानकर्षण भएको शाहीको भनाई छ ।

बुधबार अध्यक्ष शाही र सचिव मानदत्त रावलद्धारा हस्ताक्षेरित विज्ञप्ती जारी गर्दै पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य, प्रेश यूनियनका अध्यक्ष र जिल्ला अदालत जुम्लाका कर्मचारी समेत रहेका इश्वरी प्रसाद देवकोटाले नियोजित रुपमा प्रेश विज्ञप्ती निकाल्न लगाई,जिल्लाका पत्रकारको मोर्चा बनाई महासंघको विरुद्धमा बिना प्रमाण हचुवाका भरमा कपोकल्पीत आरोप लगाएको भन्दै महासंघले आपत्ती जनाएको छ ।

क्रियाशिल पत्रकार भन्नेहरु लुटेरै बाचिरहेका छन् भनी गैरजिम्मेवारी पुर्ण तथा समग्र पत्रकारिता जगतलाईनै दुषित बनाउने खालको भाषा प्रयोग गरेका देवकोटाले आफ्नो गल्ती लुकाउन समेत उपमेयर रामदेवी खड्का र महासंघका उपाध्यक्षको व्यक्तिगत कुरालाई जोडेको प्रति महासंघको प्रेस विज्ञप्ती जारी आपत्ती जनाएको छ ।। साथै उपमेयर खड्का लगायत जिल्लाका सम्पुर्ण जनप्रतिनिधि प्रति महासंघ सकारात्मक रहेको र सधै साथ सहयोग तथा समन्वय गर्ने जनाएको छ ।

आम सार्वजानिक चासोका विषयमा विगत लामो समयदेखि मिलेर पत्रकारिता गरिरेहका पत्रकारलाई विभाजित गर्न तथा सूचना संचारमा प्रभावकारी समन्वय गरिरहेको महासंघलाई विबादीत बनाउने मनसायले जारी भएको विज्ञेप्तीमा महासंघलाई लगाइएको आरोपमा कुनै सत्यता नभएको समेत सचिव मानदत्त रावलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्