OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,जेठ १०, २०७९÷जुम्ला,
७११ पटक

जेठ १० गते । जुम्लाको चन्दननाथ नगरपालिकाको वडा नम्बर ५ ले सवै वालवालिकालाई निशुल्क शिक्षा दिने निर्णय गरेको छ । वडापालिकाले पहिलो वैठकमै १ कक्षा देखी १० सम्म विद्यालयमा अध्ययन गर्ने विपन्न, दलित जेहेन्दार वालवालिकालाई निशुल्क शिक्षा दिने निर्णय गरेको हो । वडा कार्यालयले वालावालिकाहरुको निशुल्क शिक्षा र स्वास्थ्यमा जोड दिएको घोषणा गरेको छ ।

नवनिर्वाचित वडाध्यक्ष विर्खकार्कीका अनुसार आफु उम्मेदवार भएर जादा निर्वाचनमा गरिएको वाचा पुरा गर्ने केही निर्णय पहिलो वैठकमा गरिएको जानकारी दिनुभयो । उहाँले वडा नम्बर ५ का नागरिकलाई निशुल्क स्वास्थ्य वीमा गर्ने निर्णय गरेको जानकारी दिनुभयो । पहिलो आफ्ना नागरिकलाई स्वस्थ्य वनाउने कर्तब्य भएकाले वडाले सवै नागरिकको स्वास्थ्य वीमा निशुल्क गर्ने निर्णय गरेको छ । चन्दननाथ नगरपालिका वडा नम्बर ५ मा दुई सय घरधुरीको स्वास्थ्य वीमा हुनेछ । सो वडामा रैथाने रुपमा वसोवास गर्ने सवै नागरिकको स्वास्थ्य वीमा हुने भएको हो ।
वडा कार्यालयले गरिव, जेहेन्दार प्रतिभाशाली विद्यार्थीका लागि उच्च शिक्षा अध्ययन र अध्यापनका लागि उच्च शिक्षा छात्रबृत्ति प्रदान गर्ने निर्णय भएको नवनिर्वाचित अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

उहाँले आफ्नो विकास आफै गर्नुपर्ने र आफ्ना जनतालाई विकासको अनुभूति वडाबाटै बनाउन मोडलको अगाडि सारिएको बताउनुभयो । चन्दनाथको ५ नम्बर वडाले गरेको निर्णयमा वडाभित्रका नागरिकलाई विजुली र पानीको उभोगमा सहज पहुँच सहित निशुल्क उपभोगका लागि न्यूनतम शुल्क तिर्ने, राजासिममा खेलकुद पार्क र रंगशाला निर्माणका लागि पहल गर्ने सहित विभिन्न निर्णय गरिएका छन् ।

जुम्ला सदरमुकामको मुटुमा रहेको वडा नम्बर ५ मा स्वास्थ्यचौकीको स्थापना गर्न पहल गर्ने, वडाको दिर्घकालिन विकासका लागि डिपिआर तयार गर्ने, वडा कार्यालयल अगाडिको पोखरीमा माछापालन गर्ने तथा सरसफाईमा जोड दिने भएको हो । वडा क्षेत्रमा सरसफाईका जनचेतनाका कार्यक्रमहरु समेत अगाडि बढाउने बताईएको छ । स्थानीय तह निर्वाचन २०७९ पछि चन्दननाथ नगरपालिका नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा निर्वतमानलाई विदाई गरिएको छ ।

निर्वतमान वडाध्यक्ष गोल्डेन कठायतले जुम्ला चन्दननाथ नगरपालिकाको वडानम्बर ५ देश विदेशका मानिसको हेर्ने स्थान भएकाले यहाँको विकासमा अझै सवै लागेर अघि बढ्नुपर्र्नेे बताउनुभयो । उहाँले ५ बर्षमा भौतिक विकासमा प्रगति समेत भएकोमा जोड दिनुभयो । चन्दननाथ नगरपालिका भित्रै ऐतिहासिक चन्दननाथ मन्दिर र मुख्य बजार पर्दछ । जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत सहितका कार्यालयहरु यसै वडाभित्र पर्दछन् ।

प्रतिकृया दिनुहोस्