OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १०, २०७९काठमाडौं
४८४ पटक

१० जेठ २०७९ मंगलबार

चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दाहाल विजयी हुनुभएकाे छ। उहाँ ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि प्रमुख पदमा विजयी हुनुभएकाे हाे।

माओवादी केन्द्रकी केन्द्रीय सदस्य दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै प्रमुखमा निर्वाचित हुनुभएकाे थियाे । याे पटक पनि उहाँले एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतले पछि पार्नुभयाे। सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गर्नुभएकाे थियाे ।

यसैगरी नेपाली कांग्रेसका वागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गर्नुभयाे । उपप्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मतसहित विजयी हुनुभएकाे छ। उहाँले राप्रपाकी उम्मेदवार हिमला गुरुङलाई २२ हजार १९१ मत अन्तरले पराजित गर्नुभयाे। हिमलाको पक्षमा ३० हजार ६१२ मत परेको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका दलहरुले तालमेल गरेपछि नेकपा एमाले र राप्रपाले पनि तालमेल गरेर प्रतिस्पर्धा गरेका थिए । उक्त निर्वाचनमा नेपाली कांग्रेसले भरतपुर महानगरका १६ वटा वडा जितेको छ । वडा नम्बर १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९ नम्बर वडा अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका हुन् । एमालेले ३, ११, १२, १८, १९ र २८ गरी ६ वटा वडा जितेको छ ।

माओवादी केन्द्रले तीनवटा वडाको वडाध्यक्ष पद जितेको छ । १३, २४ र २६ नम्बर वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी हुँदा एकीकृत समाजवादीले ७, ९ र २२ नम्बर वडाको नेतृत्व जितेको छ । स्वतन्त्र उम्मेदवार २५ नम्बर वडामा विजयी भएका छन् ।

 

प्रतिकृया दिनुहोस्