OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,जेठ ९, २०७९जुम्ला,
४८० पटक

जेठ ९ जुम्ला । जुम्लामा ग्रासुट फेष्टिवल सम्पन्न भएको छ । अखिल नेपाल फुटबल संघ जुम्लाको आयोजना नम्वर २४ बाहिनी अड्डा, नेपाली सेनाको नन्दाबक्स गण र अखिल नेपाल फुटवल संघको प्राविधिक सहयोगमा जुम्लामा एक दिने ग्रासुट फेस्टिवल सम्पन्न गरिएको छ ।

अखिल नेपाल फुटवल संघ कर्णाली तथा जुम्लाका कोषाध्यक्ष विरेन्द्र बुढ्थापाका अनुसार फेष्टिवलमा चन्दननाथ नगरपालिका भित्रका १० वटा विद्यालयका पाँचसय वालवालिका सहभागी रहेका थिए । उहाँका अनुसार ६ देखी १२ बर्षका वालवालिकालाई सानै देखी फुटवलको शिप दिनका लागि फेसिटवलको आयोजना गरिएको हो ।

एन्फा जुम्लाका अध्यक्ष भरत बुढ्थापाले फुटवलको स्तरबृद्धि गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले आवश्यक योजना गर्न बताउनुभयो । एन्फा जुम्लाका अध्यक्ष भरतबुढ्थापाले फुटबलको विकास गराउन, नानी वावुहरुलाई खेलप्रति रुचि बढाउन र खेल विकासमा सबैको सहयोग हुन जरुरी रहेको बताउनुभयो ।

चन्दननाथ नगरपालिका जुम्लाका नगरप्रमुख राजुसिंह कठायतले आफ्नो कार्यकालमा खेलकुद क्षेत्र पहिलो प्राथमिकतामा पर्ने बताउनुभयो । उहाँले कार्यपालिकाको पहिलो बैठकमा खेलमैदानको निर्णय गराउने दाबी समेत गर्नुभयो । खेलका माध्यमबाट पनि सबैले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा जुम्लाको छवि उच्च राख्ने गरी खेलकुदको विकासमा कदम चालेको बताउनुभयो ।

त्यस्तै चन्दननाथ नगरपालिकाका उपमेयर रामदेवी खड्काले एउटा कुसल खेलाडी उत्पादन गर्नका लागी नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
खेल खेल्नु मात्रै नभइ खेलका माध्यमबाट राष्ट्रियता कायम राख्नु स्वाभिमान राख्न जरुरी छ । महत्वपूर्ण विषय हो । जुम्लाका खेलाडीले स्वतस्फूर्त तवर लेखेल्ने खेलमैदान छैन । त्यो सबैको सोचनीय सवाल छ । यसमा म सकारात्मक छु । नगरपालिका बाट गर्न सक्ने पहलकदमी निरन्तर गर्ने प्रतिवद्वता गर्नुभयो ।

जिल्ला खेलकुद खेलकुद बिकास समिति जुम्लाका सदस्य सचिब संगिता आर्चार्यक अनुसार नगरपालिकाबाट खेलक्षेत्रको लागी कुनै सहयोग गरेको छैन । नवनिर्वाचित मेयर र उपमेयर खेलक्षेत्रको बिकासका लागी पहलकदमी गर्न अनुरोध गर्नुभयो । सदस्य सचिव संगिता आचार्यका अनुसार खेल कला प्रदर्शन गर्ने माध्यम हो । यस्तो सस्थामा इमान्दारिता,अनुसासित र लगनशीलता अनिवार्य हुनु जरुरी छ ।

आर्चायले जुम्लाका खेलाडी खेलक्षेत्रमा अब्बल भएपनि खेलमौदान अभावका कारण नियमित हुने अभ्यास नभएको बताउनुभयो । व्यक्तिको सान नभई सिंगो जिल्ला र राष्ट्रको सान बचाउनु ठुलो कुरा हो । जुम्लामा खेल खेल्नका लागि मैदान छैन । नेपाली सेनाको मैदान टुडिखेलमा फुटवल सहितका खेल खेल्नुपर्ने वाध्यता त्यही पनि व्यवस्थापनमा कसैले ध्यान दिन सकेका छैनन् ।

 

प्रतिकृया दिनुहोस्