OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ८, २०७९सुर्खेत
४३६ पटक

८ जेठ २०७९ आइतबार

कर्णाली प्रदेशको राजधानी सुर्खेतका नौवटै स्थानीय तहका प्रमुख÷अध्यक्षहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला अदालत सुर्खेतका न्यायधीश डा.राजेन्द्रकुमार आचार्यले आज जिल्ला समन्वय समिति सुर्खेतको सभाहलमा नवनिर्वाचित पालिका प्रमुखहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । मुख्य निर्वाचन अधिकृत डा.आचार्यसमक्ष वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, लेकवेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेल, भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्तबहादुर पुन, पञ्चपुरी नगरपालिकाका प्रमुख लालबिर भण्डारीले शपथ ग्रहण गर्नुभयो ।

त्यस्तै, चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक, बराहताल गाउँपालिकाका अध्यक्ष भीम भण्डारी, चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसी र सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । नवनिर्वाचित सम्पूर्ण प्रमुख÷अध्यक्षहरुलाई मुख्य निर्वाचन अधिकृत डा.आचार्यले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस्