OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,जेठ ८, २०७९जुम्ला,
७६५ पटक

जेठ ८ गते । जुम्लाको सिँजा गाउँपालिकाका नव निर्वाचित अध्यक्ष पूर्ण प्रसाद धितालले सपथ ग्रहण गरेको पहिलो दिनमै टेलिफोन सेवा नियमित संञ्चालन गर्नु भएको छ ।
सिञ्जाको नराकोटमा भएको टेलिफोन टावरले नियमित सेवा दिन नसकिरहेको अवस्थामा नयाँ निर्वाचित अध्यक्षको पहलमा टेलिफोन सुचारु भएको सिञ्जावासीले जनाएका छन् । स्थानीय डिल्लीप्रसाद तिवारीका अनुसार टेलिफोन निकै राम्रो सँग लागेको बताउनुभयो ।

अध्यक्ष धिताल मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सपथ लिए सँगै नेपाल टेलिकम जुम्लाको कार्यालयमा छिर्नुभएको थियो । नेपाल टेलिकमले बत्तिको पावर कम भएको पत्ता लगाएपछि आवश्यक सोलार व्यट्रि व्यवस्थापन गरेको थियो । व्यट्री र प्राविधिक लिएर शनिवार नै अध्यक्ष धिताल सिञ्जा लाग्नु भएको थियो ।

नेपाल टेलिकम जुम्लाका प्राविधिक चित्र शाहीका अनुसार समस्या आईरहेको टेलिफोन सेवा पूर्ण रुपमा सुध्रिएको थियो । यस अघि सिँजा गाउँपालिकामा बिहान साँझको समय र घाम नलागेको दिन फोन सेवा अबरुद्ध हुने समस्या थियो । जसका कारण निर्वाचन तथा मतगणनको समयमा समेत सूचना प्रवाह तथा डाटा ईन्टरनेटमा समस्या भएकाले सूचनमा समस्या हुदै आएको थियो ।

अध्यक्ष धितालले समस्याको बारेमा नेपाल टेलिकम जुम्ला सँग राखेर समस्या समाधानका लागी पहल गरेको जानकारी दिनुभयो । संचार मन्त्रालय र नेपाल टेलिकमको केन्द्रीय कार्यालयसँग समन्वय गरी नयाँ ब्याट्री एकै दिनमा थप गरिएको छ । जुम्लामा रहेको टेलिकमको कार्यलयमा पुगेर १५६० किलो वजनका नयाँ ब्याट्री ल्याइएको हो । त्यस्तै नेपाल टेलिकमका प्रमुख रामचन्द्र श्रेष्ठले नवनिर्वाचित अध्यक्षले पहल गरेपछि प्राविधिकहरु सहितको टोली गाउपालिकामा पठाएको जानकारी दिनुभयो ।

सिँजा गाउँपालिकाको वडा नं ४ को भुलीटावरमा नयाँ ब्याट्री जडान गरिरहेको छ । ब्यापकको कमीले फाने सेवा अरुद्ध हुने गरेको थियो । सिँजा गाउँपालिकामा रहेको उक्त टावरले हिमा गाउँपालिकाको केही क्षेत्रमा समेत टेलिफोन सेवा दिईरहेको छ ।

Shot of a communications tower taken in Jodphur

 

प्रतिकृया दिनुहोस्