OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ६, २०७९काठमाडौं
४४१ पटक

६ जेठ २०७९, शुक्रबार

जुम्ला चन्दननाथ नगरपालिकाका प्रमुखसहित सात गाउँपालिकाका अध्यक्षहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

निर्वाचित अधिकृत तथा जिल्ला अदालत जुम्लाका न्यायधीश जवाहरप्रसाद सिंहले आज जुम्लाका आठवटै स्थानीय तहका निर्वाचित प्रमुखहरुलाई शपथ ग्रहण गराउनुभएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०९ अनुसार नगरपालिका÷गाउँपालिका प्रमुखको शपथ ग्रहण जिल्ला न्यायधीश वा मुख्य निर्वाचन अधिकृतले गर्ने व्यवस्था भएबमोजिम मुख्य निर्वाचन अधिकृत सिंहले नवनिर्वाचि प्रमुखहरुलाई शपथ गराउनुभएको थियो ।

शपथ ग्रहण गर्नेहरुमा चन्दननाथ नगरपालिकामा स्वतन्त्रबाट निर्वाचत नगरप्रमुख राजुसिंह कठायत, नेपाली काँग्रेसबाट निर्वाचित पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोरा, गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा, तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाई, हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाही र कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर आचार्य रहेका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्र निर्वाचित तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकाय र सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले पद तथा गोपनीयताका शपथ ग्रहण गर्नुभएको छ । निर्वाचित नगरप्रमुख तथा अध्यक्षहरुलाई मुख्य निर्वाचित अधिकृत सिंह र प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

शपथ ग्रहण कार्यक्रममा चन्दननाथ नगरपालिकाका प्रमुख कठायतले नगरपालिकाको शिक्षा, सरसफाईलगायतका क्षेत्रमा विशेष जोड दिने र नगरवासीको हितमा काम गर्ने प्रतिवद्धता गर्नुभयो ।

प्रतिकृया दिनुहोस्