OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,जेठ ५, २०७९ जुम्ला,
५२४ पटक

जेठ ५ गते २०७९, जुम्लाका चन्दननाथ नगरपालिकाका जनप्रतिनिधीहरुलाई प्रमाणपत्र बितरण गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले चन्दननाथ नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई निर्वाचन सफल पछि प्रमाणपत्र बितरण गरेको छ ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीय जवाहर प्रसाद सिंहले नगरप्रमुख राजुसिंह कठायत, नगरउपप्रमुख रामदेवी खड्का सहितका जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । जुम्लाको एक मात्र नगरपालिका चन्दननाथमा नवनिर्वाचित ५२ जना जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमाणपत्र वितरण गरिएको हो ।

प्रमाणपत्र ग्रहण गर्दै नगरप्रमुख राजुसिंह कठायतले आफु भाषण भन्दा भन्दा पनि काममा जोड दिने प्रतिवद्धता जनाउनुभयो । उहाँले सिंगो नगरकार्यपालिका, नगरसभाको भावनालाई बुझेर टुक्रे योजना नभई ठोस काममा जोड दिने बताउनुभयो ।

उपप्रमुख रामदेवी खड्काले सवै मिलेर हेर्न मिल्ने सुन्दर शहर विकासको आधार तयार गरेर काम देखाउने प्रतिवद्धता जनाउनु भयो ।

जिल्ला न्यायधीस तथा मुख्य निर्वाचन अधिकृत जवाहर प्रसाद सिंहले नव निर्वाचित जनप्रतिनिधिलाई वधाई दिदै संविधानको अधिकारलाई मुल मर्म सम्झेर अधिकार अनुसार काम गर्र्नुपर्नेमा पछि नहट्नुपर्ने बताउनुभयो ।

उहाँले राज्यले दिएको निर्वाचन सम्पन्न गर्न निर्वाचन अधिकृतहरु, मतदान अधिकृत, सहायक अधिकृत, कर्मचारी र समग्र सुरक्षा निकायलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले वधाई दिदै नगरको विकासमा ठोस काम गर्न सुझाव दिनुभयो । उहाँले भौतिक विकास सँगै सामाजिक विकासमा जोड दिन सूझाव दिनुभयो ।

चन्दननाथ नगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत, नगरप्रमुखमा नेपाली काग्रेसकी रामदेवी खड्का बिजयी हुनु भएको छ । चन्दननाथ नगरपालिकामा १० वटा वडा छन् , जसमा ५ वटा वडा नेपाली कांग्रेस, ४ वटा वडा नेकपा माओवादी केन्द्र र एक वडा नेकपा एकिकृत समाजवादीले बिजय हात पारेको छ ।

प्रतिकृया दिनुहोस्