OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,जेठ ४, २०७९जुम्ला,
५६६ पटक

जेठ ४ गते । जुम्लाको एक नगरपालिका र सात वटा गाउँपालिका मध्य सातवटा तहको निर्वाचन परिणाम आईसकेको छ ।

यहाँको परिणाम आईसकेको र परिणाम आएका पालिका मध्य चार तहमा नेपाली कांग्रेस र दुई तहमा माओवादीले तथा एकतहमा स्वतन्त्रले जित हाशिल गरेको छ । यसैगरी चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले जित हाशिल गर्नुभएको छ । गुठिचौर गाउँपालिकाको भने मत परिणाम आउन वाँकी छ ।

कनकासुन्दरीमा नेपालीका अध्यक्ष दामोदर आचार्य, उपाध्यक्ष प्रेमकली बुढा, सिञ्जा गाउँपालिका अध्यक्ष माओवादीका पूर्ण प्रसाद धिताल र उपाध्यक्षमा सितली रोकाया, हिमा गाउँपालिकाबाट अध्यक्षमा नेपाली काग्रेसका लक्ष्मणबहादुर शाही र उपाध्यक्षमा सुपर्ना शाही, तिला गाउँपालिकामा माओवादीका अध्यक्ष मोतिलाल रोकाया र उपाध्यक्षमा गोरिकला बुढा बिजयी हुनु भएको छ ।

यसैगरी तातोपानी गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका नन्दप्रसाद चौलार्गाइ, उपाध्यक्षमा माओवादीका रेवति रावल, पातारासी गाउँपालिकामा कांग्रेसका पूर्णसिंह बोहरा र उपाध्यक्ष माओवादीका जुनमाया रोकाया बिजयी हुनु भएको छ ।

पालिका प्रमुखहरुको परिणाम पछि सपथ ग्रहण गर्ने तयारी हुन थालेको छ । मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले जेठ ६ गते पालिका प्रमुख वा अध्यक्षको सपथग्रहण हुनेछ ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०९ अनुसार नगरपालिका÷गाउँपालिका प्रमुखको सपथ जिल्ला न्यायधीस वा मुख्य निर्वाचन अधिकृतले गर्ने व्यवस्था रहेको छ ।

मुख्य निर्वाचन अधिकृतका अनुसार उपप्रमुख सहित वडाध्यक्ष र सदस्यहरुको सपथ पालिका प्रमुखले जिल्ला न्याधीसस ( निर्वाचन अधिकृत) बाट सपथ खाईसकेपछि आफ्नै तहमा प्रमुख वा अध्यक्षबाट सपथ खानेछन् । सपथको अवधि एक साता अगाबै हुनेछ ।

 

 

प्रतिकृया दिनुहोस्