OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,जेठ ४, २०७९जुम्ला,
६९५ पटक

जुम्ला ः जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओबादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा विजयी भएका छन ।
रोकाया नेपाली काँग्रेसका एकराज उपाध्यायलाई २१ म्त अन्तरले पछि पार्दै विजयी हुनुभएको हो । उहाँले एक हजार नौसय ३६ मत प्राप्त गरेका हुन । उहाँका प्रतद्धिन्द्धी नेपाली काँग्रेसका एकराज उपाध्यायले एक हजार ९ सय १५ मत प्राप्त गर्नभएको छ ।

त्यस्तै उपाध्यक्ष तर्फ नेकपा माओवादी केन्द्रकी गोरीकला बुढा (कल्पना) विजयी हुनुभएको छ । उहाँको दुई हजार ४ मत प्राप्त गरेकी छन । उहाँका प्रतद्धिन्द्धी कांग्रेसकी सुस्मा श्रेष्ठले एक हजार आठ सय ७ मत प्राप्त गर्नुभएको हो ।

२०७४ को निर्वाचनमा तिला गाउँपालिकामा नेकपा ऐमाले बाट रतन नाथ योगी अध्यक्षमा बिजयी हुनुभएको थियो भने माओवादी केन्द्रकै बिष्णुमाया बुढाले उपाध्यक्षमा जित्नु भएको थियो । यस पटक तिला गाउपालिकामा छ हजार तिन सय ३१ मत खसेको थियो । तिलामा जिते पछि नेकपा माओवादी यस पटक केन्द्रले दुई पालिका अध्यक्ष र ४ उपाध्यक्ष जितेको छ ।

प्रतिकृया दिनुहोस्