OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही, जुम्ला,जेठ ३, २०७९जुम्ला,
४८८ पटक

२०७९ जेठ २ गते, जुम्लाको पातारासी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहरा बिजयी हुनु भएको छ । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका जुनमाया रोकाया बिजयी हुनु भएको छ ।
अध्यक्ष बोहराले दुईहजार सातसय ६८ मत प्राप्त गर्नु भएको छ भने उपाध्यक्ष माओवादीका रोकायाले दुई हजार सात सय ५४ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी अध्यक्षका प्रत्यासी नेकपा माओवादीका हरिबहादुर बुढाले दुई हजार छ सय ६८ मत प्राप्त गर्नु भएको छ भने उपाध्यक्षमा नेपाली कांग्रेसका शान्तिले बुढा दुई हजार चारसय ६३ मत प्राप्त गर्नुभएको छ ।
पातारासीमा २०७४ सालमा नेपाली कांग्रेसका लक्षिमन बोहरा र उपाध्यक्ष पुन्नकली महतारा बिजयी भएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार पातारासी गाउँपालिकामा यस पटक छ हजार तनि सय ३३ मत खसेको थियो ।
तस्बिर अध्यक्ष पूर्णसिंह बोहरा र उपाध्यक्ष जुनमाया रोकाया तस्बिर नेत्र शाही ।

प्रतिकृया दिनुहोस्