OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही, जेठ २, २०७९जुम्ला,
९२३ पटक

२०७९ जेठ २ गते, जुम्लाको हिमा गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष लक्ष्मण बहादुर शाही बिजयी हुनु भएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसकै सुपर्ना शाही बिजयी हुनु भएको हो ।

अध्यक्ष शाहीले एकहजार आठ सय ७२ मत प्राप्त गर्नु भएको छ भने उपाध्यक्ष सुपर्नाल्े एकहजार पाँच सय १८ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यासी नेकपा माओवादीका अमरजंग शाहीले एक हजार चार सय ८९ र उपाध्यक्ष कल्पना दमाईले एक हजार ८९ मतले प्राप्त गर्नुभएको छ ।

हिमा गाउँपालिकामा २०७४ सालमा नेकपा माओवादी केन्द्रले जीत हाशिल गरको थियो । अध्यक्ष रजवहादुर शाही र उपाध्यक्ष हिमाली रोकाया बिजयी भएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार हिमा गाउँपालिकामा चारहजार आठसय ४७ मत खसेको थियो ।
तस्बिर अध्यक्ष दामोदर आचार्य र उपाध्यक्ष प्रेमकली बुढा तस्बि नेत्र शाही ।

 

 

प्रतिकृया दिनुहोस्