OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही, ।जेठ २, २०७९ जुम्ला ।
८२७ पटक

२०७९ जेठ २ गते, जुम्लाको कनकासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष दामोदर आचार्य बिजयी हुनु भएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसकै प्रेमकली बुढा बिजयी हुनु भएको हो ।
अध्यक्ष आचार्यले दुई हजार ८ सय ६ मत प्राप्त गर्नु भएको छ भने उपाध्यक्ष बुढाले दुई हजार तिनसय ८० मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यासी नेकपा माओवादीका धनबहादुर रावत दुई हजार पाँचसय ६२ र उपाध्यक्ष रिता खत्रीले एक हजार नौसय ४५ मत प्राप्त गर्नुभएको छ ।

कनकासुन्दरीमा २०७४ सालमा पनि कांगेका अध्यक्ष नरविर रावत र उपाध्यक्ष उर्मिला भण्डारी बिजयी भएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार कनकासुन्दरी गाउँपालिकामा ७०४३ मत खसेको थियो ।

प्रतिकृया दिनुहोस्