OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,जेठ २, २०७९ जुम्ला ।
८४२ पटक

जेठ २ गते, जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ५ मा माअ‍ोवादी केन्द्रले बिजय हात पारेको छ ।

लामो समय देखी नेपाली कांग्रेसले जित्दै आएको र कांग्रेसका प्रदेश सभापति ललितजंग शाही, प्रदेश जलस्रोत मन्त्री दिनवन्धु श्रेष्ठको वडामा माओवादीले नेतृत्व हात पारेको छ ।
जुम्ला सदरमुकामको मुटुमा रहेको वडा नम्बर ५ मा नेकपा माओवादीका वडाध्यक्ष बिर्ख कार्की वडाध्यक्ष पदमा बिजयी भएका छन् । नवनिर्वाचित वडाध्यक्ष कार्कीले १६८ मत प्राप्त गरेका छन् । भने प्रत्यासी स्वतन्त्र उम्मेदवार १४९ मत प्राप्त गरेका छन् ।

वडासदस्यमा माओवादीका लक्ष्मी थापा श्रेष्ठ बिजय भएकी छन् । श्रेष्ठले १५६ मत प्राप्त गरेकी छन् । यसैगरी स्वतन्त्र उम्मेदवार हरिबहादुर भण्डारी सदस्यले १८८, नेपाली कांग्रेसका नामग्याल तामाङ र दलित महिला सदस्यमा समाजवादीका काली सुनार बिजयी भएका छन् । नामग्यालले १७३ मत र काली सुनारले १६७ मतले अघि रहेको छ ।

सदरमुकामको मुटुका रहेको सो वडामा सवै दलको आखा गड्छ तर यस पटक माओवादीले किल्ला भत्काएको छ । माओवादीका यूवानेता मनोजबुढा थोकी, केन्द्रीय सल्लाहकार डाक्टर कलबहादुर रोकायाले नेतृत्व गरिरहेको सो वडामा माओवादीको मत बढ्दो क्रममा हुदै गएको छ ।

२०७४ सालको निर्वाचनमा नेपाली काग्रेसले समर्थन गरेका सो वडा वडाध्यक्ष गोल्डेन कठायतले जित हात पार्नुभएको थियो । यस पटक भने माओवादीले हात पारेको छ । माओवादीका वडा नम्बर ३ मा रतन खत्री बिजयी भएका छन् । चन्दननाथ नगरपालिकामा वडा नम्बर ५ सम्म परिणाम आई पुग्दा वडा नम्बर १,२ र ४ वडामा नेपाली कांग्रेसले बिजय हात पारेको छ ।

प्रतिकृया दिनुहोस्