OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १, २०७९जुम्ला,
१०२७ पटक

जुम्ला  २०८९ जेठ १ गते । जुम्लाकाे गुठीचाैर गाउँपालिकामा मतगणना शुरू भएकाेछ । निर्वाचन अधिकृत शम्भु गाैतमका अनुसार मत गणना शुरू भएकाे हाे । गत वैशाख ३० गते गाेठिचाैर गाउँपालिका ३ स्थित शंकर मावि गर्ज्याङकाेटमा मतदाता बिच झडप हुदा स्थगित भएकाे मतदान अाज जेठ १ गते सम्पन्न भएकाे थियाे । साे केन्द्रमा मतदान स्थगित भएपछि अन्य वडाकाे समेत मतगणना भएकाे थिएन । जेठ १ गते साढे १० बजेबाट गणना शुरू भएकाे छ । मुख्य निर्वाचन अधिकृत जवाहर प्रसाद सिंहका अनुसार गुठिचाैरमा गणना शुरू भएपछि जिल्लाभर गणना शान्तिपुर्ण भएकाेछ । पत्रकारलाई प्रवेश निषेध :                                            गणना स्थलमा पत्रकारलाई भित्र छिर्न दिईएकाे छैन । छिर्न नदिदा पत्रकारहरू गेटमै बसेका छन् । क्यामरा निशेष गरिएकाे निर्वाचन अधिकृत गाैतमले जानकारी दिनुभयाे ।

प्रतिकृया दिनुहोस्