OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
अमृतबुढाथोकी मगरबैशाख २८, २०७९जुम्ला ।
५२० पटक

स्थानीय तहको निर्वाचनमा सूचना सजिलो बनाउन पुर्व छलफल गरिएको छ । वुधवार नेपाल पत्रकार महासंघ जुम्ला शाखा जुम्लाको पहलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा जिल्लाका सवै तहका निर्वाचन अधिकृतको कार्यालयबाट मतगणनको समयमा सूचना सजिलै सम्प्रेषण गर्न पत्रकारहरुको प्रवेश सजिलो बनाउने, आधिकारिक सूचना लगायतका बिषयमा छलफल भएको छ ।
मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहको अध्यक्षतामा पत्रकारहरु सँग बसेको बैठकमा मतगणना अवधिमा छिटो छरितो र विश्वसनीय सूचनाका लागि भएको छलफल गर्न पत्रकारहरुलाई सहज बनाउने निर्णय भएको छ ।

निर्णयमा भनिएको छ, मत गणनाको समय सहज रुपमा सूचना प्रवाहका लागि मुख्य निर्वाचनको अधिकृतको कार्यालय र माताहतका सवै निर्वाचन अधिकृतको कार्यालयमा पत्रकारहरुलाई पत्रकारको परिचयपत्रका आधारमा सूचना लिने दिने निर्णय गरिएको छ ।

जुम्लामा आठवटा स्थानीय तह छन्, उपस्थित हुने पत्रकारहरुले समन्वय गरी सूचना प्रवाह गर्न सकिनेछ । छलफलमा मुख्य निर्वाचन अधिकृत सिंहले पत्रकारलाई सूचना दिन नागरिकलाई सूचना दिने भएकाले सूचना सजिलो बनाईने छ । निर्वाचन अवधिभर सूचनामा सवै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा रोक हुनेछैन ।

नेपाल पत्रकार महासंघ जुम्ला शाखाका अध्यक्ष नेत्रबहादुर शाहीले सूचना छिटो र विश्वसनीय आवश्यक भएकाले सजिलो प्रवाह गर्न छलफल वैठक राखिएको बताउनुभयो । उहाँले अघिल्लो निर्वाचनमा टेलिफोन समेत लाग्न नसक्ने धेरै स्थान थिए । तर अहिले ईन्टरनेटको पहुँच भएकाले विश्वासिलो संजाल समेत निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।

गाउँमा पुग्यो कर्मचारीको टोली :

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत तथा जिल्ला न्यायधीस जवाहरप्रसाद सिंहका अनुसार कर्मचारी खटनपटन भईसकेको र खोप्रको मतदान केन्द्रका कर्मचारी वाहे जिल्लाका सवै स्थानमा कर्मचारी, सुरक्षाकर्मी र सामग्री पुगिसकेको जानकारी दिनुभयो । उहाँले अव ३० गते मतदानका लागि सवैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले सूचना सजिलै प्रवाह गर्न सुरक्षा निकाय र स्थानीय तहका निर्वाचन अधिकृतलाई सर्कुलर समेत गर्ने बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्