OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २७, २०७९जुम्ला,
१०२० पटक

वैशाख २७ गते । नेपालगंज देखी जुम्लामा आउने यति ( तारा) एयरको जहाँज समय अगाबै यात्रुलाई छोडेर उडाउदा स्थानीय प्रशासनले कारवाहीको लागि सिफारिस गरेको छ ।
जुम्लाका लागि नेपालगंजबाट टिकट काटेर आउन खोज्दा जुम्ला चन्दननाथ निवासी गोविन्दबहादुर महतले ईटिकट काटेको र आफुलाई छोडेर जहाँज समय अगाबै जुम्ला उडाएको भन्दै वाँके प्रशासनमा निवेदन दिएपछि वाँके प्रशासनले कारवाही गर्न नागरिक उड्यन प्राधिकरण नेपालगञ्जलाई पत्रचार गरेको छ ।

बाँके जिल्ला प्रशासनले नागरिक उड्डयन प्राधिकरणलाई मंगलबार आवश्यक कारवाही सम्वन्धमा भनि पठाएको पत्रमा चन्दननाथ न.पा. ७ जुम्ला बस्ने गोबिन्दबहादुर महतले दिनुभएको दर्ता नम्बर ३८६७ मिति २०७८ वैशाख २७ को निवेदन सहित कागजातको छाँया प्रति यसैसाथ संलग्न गरि आवश्यक कारवाहीको लागि पठाईएको भन्दै आदेश गरिएको छ ।

निवेदक महतले आफु काठमाण्डौबाट नेपालगंज आएको, जुम्लाका लागि ईटिकट काटेर वोडिङ समेत गरिसकेपछि छुटाई दिएको भन्दै बाँके प्रशासनमा आफुले जाँचबुजका लागि निवेदन दिएको बताए ।
टिकटमा एक बजेको समय दिएको छ तर अगाबै जहाँज उडाउदा समस्या भयो । आफु समय अगावै विमानस्थलमा जादा उल्टै कर्मचारीबाट सहयोग नपाएको भन्दै आफु जिल्ला प्रशासनमा गएको बताएका छन् ।

यता नेपालगंज यतिएयर लाईन्सका स्टेशन म्यानेजर दिलिप कार्कीले मौसमका कारण जहाँज केही चाडो उडाईएको बताउनुभयो । गोविन्दबहादुर महत भने बोडिङ गरेर बाहिर गएकाले छुटेका उनको भनाई छ । तर छुटेका यात्रु गोविन्द बहादुर महतले टिकट एक बजे समय तोकिएकाले टिकट काटि सकेको व्यक्तिलाई छोडेर जहाँज उडाउनु चलखेल भएको आरोप लगाए ।

महत पर्यवेक्षक पनि :
यात्रु महत मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुराष्ट) का कार्यरत व्यक्ति भएको र निर्वाचन पर्यवेक्षकको जिम्मा लिई मेरो जिल्ला जादै गरेको प्रशासनलाई दिएको निवेदनमा उल्लेख छ । उनले आफुलाई अन्याय गरि छुटाउदा केही काम प्रभावित हुने डर भएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्