OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,बैशाख २६, २०७९जुम्ला ।
६८८ पटक

वैशाख २६ गते,
स्थानीय तहको निर्वाचनको तयारी पुरा भएको बताईएको छ । जिल्लामा सरोकारवाला निकायहरुको उपस्थितिमा निर्वाचनको तयारीको बिषयमा जानकारी गरिएको छ ।
राजनैतिकल, मुख्य निर्वाचनको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकाय, नेपाल पत्रकार महांसंघको उपस्थितिमा निर्वाचन तयारीको बिषयमा जानकारी गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत सिंहले कर्मचारी खटन पटन तथा जिल्लाबाट हुने तयारी सवै भईसकेको हुदा थप शान्त र स्वच्छ बनाउन राजनैतिक दलको सहयोग आवश्यक भएको बताउनुभयो ।

उहाँले अव मतदानमा खटिने कर्मचारी, मतदान अधिकृत, निर्वाचन अधिकृत र मतदाताको सुरक्षा प्रदान बिषय रहेको बताउनुभयो । उहाँले निर्वाचन कार्यालयहरु सो अनुसार लागि परेकोमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी बिजयकुमारी प्रसाईले खोप्री सहितका चार स्थानमा मतदान केन्द्रमा हेलिकोप्टरको माग भईरहेको र अन्य जिल्लाभर निर्वाचनको तयारीका लागि सुरक्षाको तर्फ सवै तयारी भएको छ । उहाँका अनुसार तल्फिमा भने टेलिफोनका लागि पहल भईरहेको छ । जिल्ला स्थित राजनैतिकदलहरुले आचाँर सहिता र निर्वाचनमा हुने विवादका बिषयमा माग गर्न सूझाव दिईएको थियो ।

यस्तो सवारी लिन पाईने क्षेत्र :
अव वैशाख ३० गते मतदान हुनेछ । सो दिनमा पास लिएका सवारी मात्रै संचालन हुन भन्दै प्रक्रिया वारेमा जानकारी दिनु भएको थियो । उहाँले सवारी लिन चाहन उम्मेदवार, संवैधानिक निकाय, निर्वाचन कार्यालय, सञ्चार माध्याम, पर्यवेक्षक मानव अधिकारकर्मी, घुम्ति टोली तथा सुरक्षा निकाय, मानवी उद्धार तथा सहायताको सवारी साधन, अशक्त अपांगता र बृद्धको हकमा २८ गते भित्र सवारी अनुमति लिनु पर्ने छ ।

प्रतिकृया दिनुहोस्