OnlinePana

आज : २०८३ जेठ १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,बैशाख २६, २०७९जुम्ला,
८३९ पटक

वैशाख २६ गते, करिब १० दिन अघिबाट टेलिफोन विहिन भएको हिमा गाउँपालिकामा टेलिफोन सुचारु भएको छ ।
हिमा गाउँपालिकामा टेलिफोन सुचारु भएको नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिमा रहेको टेलिफोन टावरको हर्न भन्ने सामग्री क्षेति भएपछि काठमाण्डौबाट सामग्री ल्याई जोडिएको छ । प्रमुख श्रेष्ठका अनुसार अहिले त्यहाँ क्षमता बढाईएको छ । आज देखी प्रभावकारी रुपमा टेलिफोन लागेको छ । एक पटकमा त्यस क्षेत्रमा ८० जनाले चलाउने क्षमता थियो भने अब दोब्बर भएको छ ।

हिमा गाउँपालिका निर्वाचन अधिकृत रितु राईका अनुसार टेलिफोन आएपछि काममा सजिलो हुने भएको छ । टेलिफोन विहिन हुदा निर्वाचनकै नजिक कसरी काम गर्ने डर थियो । हिमामा टेलिफोन सूचारु भएको प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी दिएको बताउनुभयो ।

उहाँले टेलिफोन लामो समय नबन्दा निर्वाचनमा कठिन हुने भन्दै निर्वाचन आयोगलाई समेत पत्र तयार गरेका थियो । हिमा गाउँपालिका निर्वाचन अधिकृत राईले यहाँको टेलिफोन अव सुचारु भयो, टेलिफोन सूचारु गर्न सहयोग पुरयाउने नेपाल टेलिकम, स्थानीय प्रशासन, संचारकर्मी सहित सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिकृया दिनुहोस्