OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,बैशाख २६, २०७९जुम्ला,
५८२ पटक

वैशाख २६ गते, जुम्लामा निर्वाचन सुरक्षाका लागि एक हजार सातसय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरबाट सम्पन्न गराउनका लागि आबश्यक सुरक्षाकर्मी परिचालन गरेको हो ।

निर्वाचन सुरक्षामा नेपाल प्रहरी ४ सय ३२ ,नेपाली सेना ३ सय ५०, शशस्त्र प्रहरी दुईसय ७० र ६ सय ६९ जना म्यादी प्रहरी परिचालन गरेको हो ।
जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन रेखी तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ । उहाका अनुसार,‘ निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षाको जनशक्ती खटिईसकिएको छ ।

“निर्वाचन सुरक्षाको तिन घेरा हुनेछ पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहने छ । निर्वाचनको सुरक्षा चुनौती आकलन गर्दै चारैवटा सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेका छन् ।

निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन भएको छ । जिल्लामा विधुती नक्शा समेत वनाएर सुरक्षा संयन्त्रले काम गरिरहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइका अनुसार केही सुरक्षाको जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ । उहाँका अनुसार, मर्यादित निर्वाचनको महत्वपूर्ण शर्त नै शान्तिपूर्ण वातावरण सिर्जना गर्नु हो । त्यसैले सुरक्षा संयन्त्रले विगतका अनुभव र वर्तमान अवस्थाको आधारलाई समेत विश्लेषण गरेर सुरक्षा रणनीति निर्माण गरेको छ ।

नेपाली सेनाको नन्दबक्स गणका गणपति रबिन थापाले जुम्लाका आठवटै स्थानीयतहमा नेपाली सेना परिचालन भएको बताउनुभयो । उहाँले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने जिम्मेवारी सबैको भएकाले सेनाले सुक्षाको लागी कुनै पनि कसर बाँकी नराखी कार्य गर्ने जानकारी दिदै निर्वाचन सुरक्षाका लािग तिनवटा कम्पनीनै जिल्लामा परिचालन गरिएको र अनुगमन समेत भएको उहाँले बताउनुभयो ।

त्यस्तै सशस्त्र प्रहरी बल नम्वर ३३ गण जुम्लाका एसपी चित्राङ्गत दाहालले निर्वाचनमा आउन सक्ने चुनौती चिर्दै शान्तिपूर्ण रुपमा सम्पन्न गराउने विषयमा जिल्ला स्थित सबै सुरक्षा निकाय योजनाबद्ध तरिकाले लागेको बताउनुभयो । मतदातालाई शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्ने वातावरण तयार पार्ने गरी सुरक्षा रणनीति बनाइएको छ ।

निर्वाचनको सबै सुरक्षा नेपाल प्रहरीको जिम्मामा हुने र सहयोगी शक्तिका रुपमा सशस्त्र प्रहरी र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागले समेत काम गर्ने बताइएको छ । तर जुम्लामा केही भौगोलिक हिसावले बिकट स्थानमा रहेका मतदान स्थललाई लक्षित गरी चुनावमा हुन सक्ने राजनीति दलको प्रतिष्पर्धा र झडप लगायत चुनौती हुनसक्ने, आकलन गरेर जुम्लाको सुरक्षा संयन्त्रले योजना बनायर अगाडी बढेको दाबी गरेको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालयले माताहतका सवै कर्मचारी र म्यादी प्रहरीलाई निर्वाचन सुरक्षा अनुशिक्षण तालिम दिएर पठाएको छ । प्रहरी नायव उपरीक्षक चन्द्धका अनुसार निर्वाचन स्वच्छ, शान्तिपूर्ण गर्न प्रहरीलाई निर्वाचन सुरक्षा शिक्षित बनाएर खटाईएको छ ।
यसैगरी निर्वाचनमा २०४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित ४९६ जना कर्मचारी समेत मुख्य निर्वाचन कार्यालयमा खटाईसकेको छ ।

 

 

प्रतिकृया दिनुहोस्