OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,बैशाख २५, २०७९जुम्ला,
५६५ पटक

जुम्ला÷ वैशाख २५ गते, जुम्लामा दुईसय चार जना मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित कर्मचारी खटिएका छन् ।

मुख्य निर्वाचन कार्यालयका अुसार जिल्लाका १०२ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित ४९६ कर्मचारी खटिएका छन् ।

मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार जिल्लाका ७९ मतदान स्थलका १०२ मतदान केन्द्रमा खटिने कर्मचारी समेत छनौट गरिएको छ । मतदान अधिकृतमा ६ जना महिला अधिकृत खटिएका प्रकाशित मतदान र सहायक मतदान अधिकृतको लिष्टमा छ ।

उहाँका अनुसार पाँच सय भन्दा माथी मतदाता भएका मतदान केन्द्रमा ५ जना र पाँचसय भन्दा मुनी मतदाता भएका केन्द्रमा ४ जना कर्मचारी खटाएको छ ।

जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार जिल्लामा ८८ मतदान केन्द्र पाँचसय भन्दा बढी मतदाता र १४ वटा कम मतदाता छन् । सोही मापदण्ड अनुसार जिल्लामा कर्मचारी परिचालन हुने भएका छन् ।

प्रत्यक केन्द्रमा कर्मचारी सहित ३ जना स्वयंसेवक खटिने भएका छन् । त्यसको जिम्मेवारी मतदान अधिकृतकै हुने छ । कार्यालय प्रमख शर्माले मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम संचालन गरिसकेको जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्