OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,बैशाख २४, २०७९जुम्ला,
८१० पटक

खलङ्गा वैशाख २४ गते, जिल्लाको गुठिचौर गाउँपालिकामा नेकपा माओवादी केन्द्रले चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ ।
माओवादी केन्द्रका उम्मेदवार तथा निवर्तमान अध्यक्ष हरिबहादुर भण्डारी र उपाध्यक्षका उम्मेदवार राजकन्य बुढा सहित उम्मेदवाहरुको उपस्थितिमा सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा गुठिचौरको विद्यालय शिक्षा निशुल्क गर्ने, हरेक माध्यामिक विद्यालयमा एक नर्स र १५ बर्षमा टोलमा डाक्टर उत्पादन गर्ने प्रतिवद्धता गरेको छ ।

गुठिचौर गाउँपालिकामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा माओवादी गुठिचौरका अध्यक्ष लालबहादुर रावतले घोषणा गर्नुभएको प्रतिवद्धता पत्रमा गाउँपालिकालाई दुई बर्षमा पूर्ण साक्षर गाउँपालिका बनाईने प्रतिवद्धता जनाईएको छ ।

यसैगरी सरकारी सेवामा छिर्नका लागि लोकसेवा अध्ययन गर्न जेहेन्दार विद्यार्थीलाई अनुदान दिईने, जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा डाक्टर, पाईलट र ईन्जिनियरमा छात्रबृत्ति दिने, गुठिचौरमा १५ शैयाको अस्पताल निर्माण गर्ने, गुठिचौर बहुउद्देश्यि परियोजनालाई मुर्तता दिन पहल गरिने बताईएको छ ।

प्रतिवद्धता पत्रमा गुठिचौर गाउँपालिकाको धितामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्याम्पसहरु स्थापना गरिने, बहुप्राविधिक शिक्षालयको स्थापना गरिने बताएको छ । प्रतिवद्धतापत्रमा ६,६ महिनामा नियमित स्वास्थ्य परीक्षण गरिनेछ ।

भौतिक संरचना भूकम्प प्रतिरोधी र अपाङ्गता मैत्री :
गुठिचौरका भवन मौलिक, भुकम्प प्रतिरोधी, अपाङ्गता तथा पर्यावरणमैत्रीमा जोड दिईने, गुठिचौरमा नमुना शहर र बस्ति विकासको गुरुयोजनाको तयार गरिने प्रतिवद्धतामा उल्लेख छ । गाउँका आन्तरिक सड्कहरु आरसिसि तथा ढल निकास गरिनेछ ।

खेलकुदमा गाउँपालिकाले सिमाचौरमा गाउँपालिका स्तरीय रंगशाला निर्माण गरिने तथा एक वडा एक खेलकुद मैदान स्थापना गर्ने बताईएको छ । यसैगरी ३ महिनामा उज्यालो गाउँपालिका घोषणा गर्ने, गाउँपालिकामा सार्वजनिक यातायात घोषणा गर्ने, एकल महिला र पुरुषको सामाजिक सुरक्षाभत्ता नियमित गर्ने, शहिद परिवारलाई एक÷ एक हजार सामाजिक भत्ता दिईनेछ ।

गुठिचौरमा कृषिमा एक घर एक बगैचालाई अनुदान दिईने, कृषिमा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने छ । जडिवुटिको उत्पादन, संरक्षण, प्रर्वधन र बजारीकरणमा जोड दिईनेछ । जडिवुटि प्रशोधन केन्द्र स्थापना गरिने । सूचना क्षेत्रमा रेडियोमा गुठिचौरको क्षमता अभिबृद्धि गरिने डिजिटल गाउँपालिकामा जोड दिईने, अन्वेषण तथा आविस्कार गर्ने यूवालाई अनुदान तथा ऋण दिईनेछ।

प्रतिवद्धता पत्रमा अध्यक्षका उम्मेदवार हरिबहादुर भण्डारीले अघिल्लो ५ बर्ष विकासको केही आधार पुरा भएकाले पुरा गर्न एक पटक फेरी गुठिचौरवासीले माओवादीलाई बिजय गराउन अनुरोध गर्नुभयो ।
प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले गुठिचौर माओवादीको किल्ला यथावत हुने बताउनुभयो । उहाँले गुठिचौर कुनै पनि हालतमा माओवादी वाहेक गुठिचौरमा अरुले विकास गर्न नसक्ने बताउदै यो बर्ष गुठिचौर जिल्लाको उत्कृष्ट भयो अव माओवादीले जितेमा प्रदेशकै उत्कृष्ट पालिका हुनेमा जोड दिनुभयो । गुठिचौर गाउँपालिका कार्यसम्पादनमा यस पटक जुम्लामा पहिलो भएको थियो ।

गुठिचौरमा माओवादीले २०७४ स्थानीय तहको निर्वाचनमा पनि अध्यक्षका उम्मेदवार हरिबहादुर भण्डारी र उपाध्यक्षमा जानदेवी ऐडि बिजयी हुनु भएको थियो । यस पटक माओवादीले भण्डारीलाई फेरी अध्यक्षको उम्मेदवार र राजकन्या बुढालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । भण्डारी पुन अध्यक्षका उम्मेदवार हुने जिल्लाकै एक मात्र उम्मेदवार हुन् ।

 

प्रतिकृया दिनुहोस्