OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २३, २०७९जाजरकाेट
४०२ पटक

२३ बैशाख २०७९, शुक्रबार

शिवालय गाउँपालिका १ जाजरकोट छेडा बजार प्रहरी चौकीले बिक्रीका लागि अवैधरुपमा तलतिर लैजाँदै गरेको काईनेटिक पत्थर (ढुङगा)सहित एक जनालाई पक्राउ गरेको छ ।

जुनीचाँदे गाउँपालिका ६ जाजरकोट गर्खाकोट गाउँका २२ वर्षीय सुरत सिंहलाई प्रहरीले पक्राउ गरेको हो । आज सवारीसाधन चेकजाँच गर्ने क्रममा छेडाबजारमा प्लास्टिक झोलाभित्र लुकाइ राखेको काईनेटिक पत्थर नौ किलोग्राम ५०० ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।

“सिंह कर्णाली प्रदेश ०२००१ च ०४९६ नम्बरको बोलेरो पिकअप जीपमा सवार थिए,” प्रहरी नायब उपरीक्षक निरौलाले भन्नुभयो, “उनलाई कारवाहीका लागि खानी तथा भूगर्भ विभागमा पठाईएको पठाइएको छ ।” काइनेटिकलगायतका बहुमूल्य पत्थरहरु जाजरकोटको जुनिचाँदे र कुशे गाउँपालिका पाइने भएपनि त्यसको त्यसको अवैध ओसारपसार गर्न नपाइने प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्