OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २३, २०७९सुर्खेत
५४१ पटक

२३ बैशाख २०७९, शुक्रबार

वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतको बजारमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

सुर्खेत घण्टाघरदेखि बसपार्क जाँदै गरेको भे.२.प ६४५३ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट जाँदै गरेको क.प्र.०२–००१ ख ०३२२ नं. को बसले ठक्कर दिँदा मोटरसाईकल चालक ४० वर्षीय स्माईल सलामी गम्भीर घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते चालक सलामी वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत निवासी हुन् ।

प्रहरी नायब उपरीक्षक घर्तीले घटना आज दिउसो करिब १ः०० बजेतिर भएको बताउनुभयो । मोटरसाइकल चालक सलामीको देउती नर्सिङ होम सुर्खेतमा उपचार भईरहेको बताउँदै उहाँले मोटरसाईकल र बस प्रहरीको नियन्त्रणमा लिइएको जनाउनुभयो । प्रहरीका अनुसार बस चालक फरार रहेकोले उनको खोजी कार्य भइरहेकोे छ ।

 

प्रतिकृया दिनुहोस्