OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,बैशाख २२, २०७९जुम्ला,
८०४ पटक

२२ बैशाख २०७९ बिहीबार

आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जुम्ला जिल्लाका ७९ वटा मतदान स्थल र १०२ मतदान केन्द्र कायम गरिएको छ ।

जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार सुरक्षाको दृष्किोणबाट ७९ मतदान स्थलहरूमध्ये ४१ ओटा मतदान स्थललाई अति सम्वेदनशील, १५ ओटा मतदान स्थललाई सम्वेदनशील र २३ ओटा मतदान स्थल सामान्य रहेका छन् ।  कसरी सुरक्षा प्रवन्ध मिलाउने भन्ने विषयमा तयारी भईसकेको छ । यति मात्र होईन दूरीको हिसाबले टाढा भएको तिला गाउँपालिकाको खोप्रीसहित चार स्थान टाढा रहेका छन् ।

मत पेटिका ल्याउन हेलिकोप्टरको माग :

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईका अनुसार सुरक्षा निकायलाई मतदान गरेर सकाउन मात्रै चिन्ता छैन । मतदान पछि स्थानीय तहको निर्वाचन कार्यालयमा मतपेटिएका पुरयाउने, गणना सहित अन्तिम कार्यसम्म सुरक्षा प्रबन्धको बिषयमा जिल्ला सुरक्षा समितिले योजना बनाएको बताउनुभयो । तर ५ देखि ७ घण्टा लाग्ने खोप्रीबाट मतपेटिका ल्याउन हेलिकोप्टर आवश्यक देखिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रसाईले जिल्लास्थित राजनैतिक दलहरुको निर्वाचन स्वच्छ र भयरहित बनाउने विषयको वैठकमा खोप्री जस्ता जोखिम स्थानमा हेलिकोप्टरका लागि पहल गर्न राजनैतिकदलको तर्फबाट पनि पहल गर्न अनुरोध गर्नुभयो । उहाँले प्रदेश स्तरीय वैठकमा समेत खोप्रीमा हेलिकोप्टरको आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रहरी नायव उपरीक्षक चन्दका अनुसार तिला गाउँपालिका ९ स्थित नदैदेवी आधारभूत विद्यालय खोप्रीमा मानेचौरबाट हिडेर ६ देखि ७ घण्टा लाग्ने बताउनुभयो । त्यहाँबाट मतपेटिका तिलामा ल्याई पुग्न करिब ८ देखी ९ घण्टा लाग्ने भएकाले ध्यान दिन जरुरी रहेको छ ।

यस्तै तिला ९ कै ज्योति मा.वि राँसामालापानी र प्रस्तावित मा.वि. ढिपु पनि करिब तिला गाउँपालिकाबाट ६ घण्टा टाढा रहेको छ । यस्तै कनकासुन्दरीको मर्फानमा कनकासुन्दरीबाट ३ घण्टा लाग्ने अनुमान गरिएको छ । यस्तै जिल्लाभरमा मतगणनास्थल वा पालिका केन्द्रमा १ देखी ३ घण्टा लाग्ने धेरै स्थान छन् तर तिला ९ खोप्रीको नदैदेवी आधारभुत विद्यालयको मतदान केन्द्र जिल्लाकै सवैभन्दा टाढा रहेको छ ।

पालिकामा यस्तो छन् मतदान स्थल :

चन्दननाथ नगरपालिकामा मतदान स्थल १० वटा र मतदान केन्द्र १६ वटा, हिमा गाउँपालिकामा मतदान स्थल ९ वटा र मतदान केन्द्र ११ वटा कनकासुन्दरी गाउँपालिकामा मतदान स्थल १४ वटा र मतदान केन्द्र १५ वटा गुठिचौर गाउँपालिकामा मतदान स्थल ८ वटा र मतदान केन्द्र ९ वटा तातोपानी गाउँपालिका मतदान स्थल ९ वटा र मतदान केन्द्र १३ वटा, तिला गाउँपालिका १२ वटा र मतदान केन्द्र १३ वटा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पातारासी गाउँपालिका मतदान स्थल १० वटा र मतदान केन्द्र १३ वटा रहेको छ । सिंजा गाउँपालिका मतदानस्थल ७ वटा र मतदान केन्द्र १३ वटा रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

क्याप्सन: तिला गाउँपालिका खोप्री क्षेत्र तस्वीर  नेत्र शाही

 

प्रतिकृया दिनुहोस्