OnlinePana

आज : २०८२ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २२, २०७९
२९५ पटक

२२ बैशाख २०७९, बिहीबार

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ धुलियाबिटस्थित प्रहरी चौकीबाट लागुऔषध ब्राउनसुगरसहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका ५ बाँके निवासी ३० वर्षीय सकिल मोहमद र सोही वडामा बस्ने २४ वर्षीय मनु खान रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालय ब्युरोबाट खटिएको संयुक्त प्रहरी टोलीले आज बिहान नेपालगञ्जबाट सुर्खेततर्फ आउदै गरेको क.१.प ५२९ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्दा ब्राउनसुगर र नाईट्राभेट (लागूऔषध) फेला पारेपछि पक्राउ गरेको उहाँले बताउनुभयो ।

मोटरसाईकल चालक मोहमद र सोही मोटरसाईकल पछाडि सवार खानलाई चेकजाँज गर्दा दुई पुरिया पलास्टिकमा बेरेर राखेको ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ, सात ट्याबलेट नाईट्राभेट बरामद गरिएको प्रवक्ता पाण्डेले बताउनुभयो । उहाँका अनुसार लागुऔषधसहित पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले थप अनुसन्धान अगाडि बढाएको छ ।

 

 

प्रतिकृया दिनुहोस्