OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २२, २०७९सुर्खेत
५६४ पटक

२२ बैशाख २०७९, बिहीबार

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको छोटो भिडियो निर्माण प्रतियोगितामा वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेतका अनिश गहतराज प्रथम हुनुभएको छ ।

शे–फोक्सुण्डो डोल्पासम्बन्धी छोटो भिडियो निर्माण सामग्री पेश गरी प्रथम हुनुभएका गहतराजले रु.एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नुभएको हो । त्रिपुरासुन्दरी छलामष्टा डोल्पासम्बन्धी भिडियो निर्माण गर्ने वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेतका किरणकुमार बैगार र शे–फोक्सुण्डो डोल्पासम्बन्धी भिडियो निर्माण गर्ने धापाखेल २३ ललितपुरका अन्नता भण्डारी द्वितिय हुनुभएको छ ।

उनीहरु दुवैलाई जनही रु.एक लाख १२ हजार ५०० पुरस्कार प्राप्त गर्नुभएको मन्त्रालयका पर्यटन विकास शाखाका प्रमुख देवकुमारी शाहीले जानकारी दिनुभयो । त्यस्तै, पचालझरना कालीकोटको भिडियो बनाएर तृतीय हुने वीरेन्द्रनगर ८ सुर्खेतका प्रमोद आचार्य र पचालझरना गाउँपालिका ४ कालीकोटका सदिक्षा सेजुवाललाई जनही रु.७५ हजार पुरस्कार पाउनुभएको शाखा प्रमुख शाहीले बताउनुभयो ।

छोटो भिडियोमा सान्तवना हुने छायानाथ रारा नगरपालिका २ मुगुका गणेश देवकोटा, सिस्ने गाउँपालिका ३ रुकुम पूर्वका महेश केसी, वीरन्द्रनगर नगरपालिका ९ सुर्खेतका प्रबल मानन्धर र सोही नगरपालिका ८ सुर्खेतका जीवन सुवेदीले जनही रु.३७ हजार ५०० पुरस्कार प्राप्त गरेका छन् । देवकोटाले चंखेली हिमाल मुगु, केसीले रुकुमपश्चिमको डिग्रे साइकुमारी मन्दिर, मानन्धरले राराताल र सुवेदीले सुर्खेत उपत्यका विशेषको छोटो भिडियो डकुमेन्ट्री पेश गरेका थिए ।

सामाजिक सञ्जालका लागि छोटा भिडियो फुटेज प्रतियोगितामा पाँच जना उत्कृष्ट भएका छन् । दशरथचन्द्र नगरपालिका १ बैतडीका पञ्चदेव भट्ट, सानीभेरी नगरपालिका ११ रुकुमपश्चिमका सृजना ओली, भेरीगंगा नगरपालिका ८ सुर्खेतका करण बैगार, भेरी नगरपालिका ३ जाजरकोटका हरिहरसिंह राठौंर र वीरेन्द्रनगर १२ सुर्खेतस्थित ह्वाइट विङ्स प्रोडक्सन प्रा.लि.रहेको शाखा प्रमुख शाहीले जनाउनुभयो ।

उहाँका अनुसार भट्टले सुर्खेत एक पर्यटकीय गन्तव्य, ओलीले कर्णाली प्रदेशमा लुकेर रहेका पर्यटकीय स्थल, बैगारले महाबु लेक दैलख, राठौरले गुराँस भ्यू टावर दैलेख र ह्वाइट विङ्सले प्रा.लि.ले काँक्रेबिहार सुर्खेतको छोटो भिडियो फुटेजको डकुमेन्ट्री पेश गरेका थिए । पुरस्कृत सबैले जनही रु.एक लाख पुरस्कार प्राप्त गरेको र सबैको पुरस्कार राशीबाट २५ प्रतिशत करकट्टी गरिएको मन्त्रालयले जनाएको छ ।

हरेक वर्ष कर्णाली प्रदेशको पर्यटन क्षेत्रको प्रचारप्रसार प्रवद्र्धन गर्न छोटो भिडियो निर्माण तथा सामाजिक सञ्जालका लागि उच्चस्तरको वृतचित्र बनाउने प्रतियोगितात्मक कार्यक्रमअन्तरगत चालु आ.व.२०७८÷०७९ मा मन्त्रालयले रु.२० लाख बजेट विनियोजन गरेको थियो । पर्यटन विकास शाखाका शाहीका अनुसार अनुसार छोटो भिडियो निर्माणतर्फ १७ र भिडियो फुटेजका लागि १३ जनाको आवेदन परेको थियो ।

प्रतिकृया दिनुहोस्