OnlinePana

आज : २०८३ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २२, २०७९
४८२ पटक

२१ बैशाख २०७९ बिहीबार

हुम्लाको ताँजाकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार  बनेका लालकेश जैशीलाई उहाँकै प्रतिस्पर्धीले रु‍ एक लाख नोटको माला लगाइदिएका छन् ।

अध्यक्षका स्वतन्त्र उम्मेदवार अकवीर खड्काले जैशीलाई १ सय वटा हजार दरका नयाँ नोटले बनेको माला लगाइदिएका हुन् ।

बागी उठेका खड्काले आफ्नो उम्मेदवारी निस्क्रिय गराउँदै चुनावका लागि जम्मा गरेको खर्च जैशीलाई दिएको बताउनुभयाे ।

‘टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएको थिए तर अहिले जनताले उम्मेदवारी फिर्ता लिन भनेकाले आफ्नो उम्मेदवारी निस्कृय गर्दै मेरो चुनाव चिन्ह गुलाफको फूल र चुनाव खर्च जैशीलाई हस्तान्तरण गरेको हुँ ।’

स्वतन्त्र उम्मेदवारी दिएका उहाँलाई निर्वाचन कार्यालयले गुलाफको फूल चुनाव चिन्ह दिएको थियो । स्वतन्त्र उम्मेदवारी पश्चात साथी भाइकाे शुभचिन्ताले पाएकाे चुनाव खर्च जैशीलाई नै दिएकाे उहाँले बताउनुभयाे ।

ताँजाकोटमा  गाउँपालिकामा माओवादीका उम्मेदवार जैशी र नेकपा एमालेका अजमल बुढा चुनावी प्रतिस्पर्धा छन् । यसअघि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अर्जुन बुढाले पनि आफ्नाे उम्म्दवारी निष्क्रिय गराएकाे जनाइएकाे छ ।

प्रतिकृया दिनुहोस्