OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २१, २०७९जुम्ला,
४७६ पटक

मुगुका सांसद मोहन बाँनिया पाँच लाख धरौटीमा छुटे पछि उनका आफन्तले पीडितलाई धम्की दिन थालेका छन । बलात्कारको आरोपमा थुनिएका सांसद बाँनियालाई जिल्ला अदालत बाँकेले पाँच लाख धरौटीमा छुटाएको छ । अहिले पिडितलाई धम्की आउन थालेको छ ।

पहिले आफन्तले पीडित महिलालाई बयान फेर्न दबाब दिएका थिए तर बकपत्र भईसकेपछि धम्की दिन थालेका छन् । पिडितका अनुसार सामाजिक संजाल तथा टेलिफोनबाट बानियाका आफन्तले बयान फेर्न दवाब दिने गरेका थिए । आफु पिडित भएकाले बयान परिर्वतन हुने कुरा भएन, अहिले धम्की आउन थालेको पिडितले भनिन । टेलिफोनमा अव ज्यानको बाजी राख है भनेर फोनबाट धम्की आएकाले तनाब थप बढेको बताईन ।

पिडितका अनुसार बयान अघि वानियाका आफन्त नरेन्द्रबहादुर रावलको सामाजिक सञ्जालको मेसेन्जरबाट “बयान चेन्ज गर्न सकिन्छ कि हजुर, के छ कुरो र कुलो जता लायो उतै जाने हो” भन्ने प्रकारको म्यासेज आएको र फोनबाट दवाव समेत दिएका थिए । उनका अनुसार यति मात्रै नभई सुर्खेतमा सांसद दानसिंह परियार सहितको टिम माईति घरमा गएर मिल्न दावाव पनि दिएका थिए । तर अहिले बयान पछि ज्यानको धम्कि आउन थालेका छन् ।

२०७८ फागुन १६ गते पक्राउ परेका निलम्वित सांसद वानियाँ विरुद्ध नेपालगञ्जको एक होटलमा एक महिलालाई जबर्जस्ती करणी गरेको उजुर परेको थियो । बानियाँलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५, नियम २४४ को उपनियम ३ बमोजिम निलम्बन गरेका थिए ।

पिडित महिलाले अहिले अदालतले उनलाई रु पाँचलाख धरौटीमा रिहाई गरेको बिषय अन्याय भएको भन्दै उच्च अदालत वाँकेमा ७३ नम्बरको निवेदन पुन लगाईएको जानकारी दिईन । उनले भनिन एक त आफु अन्यायमा छु त्यसैमा वानियाका आफन्तबाट दबाब धम्किी आउन थालेकाले झन तनाब भईरहेको छ । उनले भनिन ७३ नम्बरले आफुलाई न्याय दिनेछ । आवश्यक प्रमाणहरु समेत पेस गरेको छु ।
फैसला नहुदै संसद छिर्ने प्रयास :
प्रतिनिधि सभाका निलम्बित सांसद मोहन बानियाँ पदबहालीको निवेदनसहित एक महिना अघि संसद् सचिवालय पुगेपछि संसद सचिवालयमा तर्सिको थियो ।
बलात्कारको आरोपमा थुनिएर पाँच लाख धरौटीमा छुटेका प्रतिनिधिसभाका निलम्बित सांसद मोहन बानियाँ पदबहालीको निवेदनसहित एक महिना अघि संसद सचिवालयमा पुगेका थिए । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार उनि सचिवालयमा निवेदन लिएर आएका थिए । उनको निवेदन दर्ता नभएको जानकारी दिनुभयो ।

मुगुको खत्याड गाउँपालिका–३ का बासिन्दा बानियाँ एमालेका समानुपातिक सांसद हुन । सामान्य बुझाइ र प्रचलन अनुसार बलात्कार जस्तो आरोप खेपेका सांसदविरुद्ध मुद्दाको अन्तिम फैसला नहुन्जेलसम्म निलम्बन कायम रहनुपर्ने हो । तर, उनी आदेश पत्रको फोटोकपी बोकेर प्रतिनिधिसभा सचिवालयमा पुगेको खबरले कानून मिच्ने प्रयास गरिएको र शक्तिको दुरउपयोग गर्दै आएको पिडितको भनाई छ ।

प्रतिकृया दिनुहोस्