OnlinePana

आज : २०८२ आषाढ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २१, २०७९
५१५ पटक

२१ बैशाख २०७९, बुधबार

कर्णाली प्रदेश सरकारले विसं.२०७९ सालमा राष्ट्रियबाहेक यस प्रदेशभर आठ दिन सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारको विसं.२०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

सरकारले सार्वजनिक विदा गरेको निर्णय यही बैशाख ७ गते कर्णाली प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ । जस अनुसार प्रदेश सरकारले धान दिवसका अवसरमा दुई दिन सार्वजनिक विदा दिने भएको हो । ऐतिहासिक दिनका रुपमा चैत्र १२ गते जुम्लालाई मात्र र असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवसको अवसरमा विदा दिने सरकारले निर्णय गरेको छ ।

त्यस्तै, साउन १ गतेलाई साउने संक्रान्ति तथा देउडा पर्व भनेर सार्वजनिक विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिनुभयो । साउन १७ गते साउन शुक्ल पञ्चमी(नाग पञ्चमी), भदौं ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, असोज २३ गते शुक्ल (कोजग्रत) पूर्णिमा, चैत्र १६ गते चैत्र शुक्ल नवमी (रामनवमी) प्रदेशभर विदा दिइने सचिव भुसालले बताउनुभयो ।

उहाँका अनुसार असोज कृष्ण त्रयोदशीका दिन भने चन्दननाथ बाबाको लिङ्गो ठड्याउने मेलाको सार्वजनिक विदा दिने निर्णय भएको छ । यो दिनमा भने जुम्ला जिल्लामा प्रादेशिक तथा स्थानीय तहका कार्यालयहरुमा विदा हुने कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्