OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २०, २०७९सुर्खेत
४४८ पटक

२० बैशाख २०७९, मंगलबार

कर्णाली प्रदेश सरकारले आगामी आव.२०७९÷०८० को बजेट तर्जुमाका लागि नागरिक तहसम्मको सुझाव लिन थालेको छ । यसका लागि प्रदेश सरकारले नागरिक तहसम्म सुझाव माग गरेको छ ।

कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले आफ्नो वेभसाइटमा बजेट तर्जुमा कार्य प्रारम्भ भएको सूचना गर्दै त्यसलाई सहभागितामूलक बनाउन राय सुझावका लागि सरोकारवाला तथा विज्ञहरुलाई अनुरोध गरेको हो । बजेट तथा कार्यक्रम समावेश गर्न उपयुक्त हुने आर्थिक, सामािजक, शैक्षिक, स्वास्थ्य, पूर्वाधार, शासकीय प्रबन्ध र विषयहरुसँग सम्बन्धित राय÷सुझाव माग्न सूचना गरिएको योजनामन्त्री विन्दमान विष्टले जानकारी दिनुभयो ।

“हाम्रो बिगत ४ वर्षको बजेट निर्माण र कार्यान्वयन समग्र पक्षको समीक्षा गर्दै यसका राम्रा पक्षहरुबाट शिक्षा लिने र सच्याउनुपर्ने पक्षलाई सच्याउँदै कर्णालीको आवश्यकतामा टिकेर कार्यान्वयनयोग्य बजेट निर्माण गर्न खोजेको छौं,” उहाँले भन्नुभयो, “कर्णालीका सबै जनता, बुद्धिजीविहरुले बिगतको बजेटबारे नजिकबाट अध्ययन गरेका छन् ।” उनीहरुको अध्ययनबाट निस्केका कुराहरुमा राय÷सुझाव दिन अनुरोध गरेको उहाँले बताउनुभयो ।

मूलतः पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिनेछ । कार्यान्वयनको सुनिश्चितता सहितको बजेट निर्माण गर्ने योजनामा बनाएका छौ । गरिबी हटाउने, रोजगारी सृजना गर्ने, सामाजिक तथा आर्थिक विकासमा सहयोग पुग्ने विशिष्टता बोेकेको क्रियाकलापमा आधारित बजेट तथा कार्यक्रमका ल्याउने उहाँको भनाई थियो । मन्त्री विष्टका अनुसार यसका लागि सबै मन्त्रालय, निकाय तथा कार्यालयहरुलाई मार्ग निर्देशनलाई पनि आधार मानिनेछ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजनाको आधारपत्रमा रहेर बजेट तर्जुमा गरिने जनाउनुभयो । “मुख्यगरी कर्णालीको ठूलो समस्या भनेकै पूर्वाधार विकास निर्माण हो,” उहाँले भन्नुभयो, “यसलाई प्राथमिकतामा राखेर बिगतदेखि सञ्चालनमा आएका क्रमागत एवं बहुवर्षीय योजनालाई समेत निरन्तरता दिने गरी हामी आगामी आव.२०७९÷०८० को बजेट निर्माण गर्छौं ।”

प्रदेश सरकारले कर्णाली शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटनसँ सम्बन्धित योजनाहरुलाई पनि त्यत्तिकै महत्व दिएर अघि बढाउने भन्दै मुख्यमन्त्री शाहीले भन्नुभयो, “खर्च प्रगतिको अवस्थालाई हेरेर आव.२०७९÷०८० को बजेट अलि खुम्चिएर आउने देखिएको छ र संघीय सरकारले दिने अनुदानमा कमी आउने भएकोले कर्णाली सरकराको अबको बजेट रु.२९ अर्बसम्म हुने अनुमान गर्न सकिन्छ ।”

कुनै पनि योजना तथा कार्यक्रम नदोहोरिन दिन, जनताको आवश्यकता पूर्ति हुने र सरकारको वार्षिक कार्यतालिका अनुसार तोकिएको समयमै बजेट कार्यान्वयन हुने खालको बजेट ल्याउन सबै तहको सुझाव लिने सरकारले बताएको छ । बजेट तर्जुमाका लागि यही जेष्ठ १५ गतेसम्म सुझाव पठाइ सक्नुपर्ने सूचना गर्दै कर्णाली प्रदेश सरकारले नागरिक तथा सरोकारवालासहित विज्ञहरुलाई दगमनभतपबचलबष्द्दिण्ठढ२नmबष्।िअयm मा बजेट तर्जुमासँग सम्बन्धित राय÷सुझाव इमेल गर्न आग्रह गरेको छ ।

 

प्रतिकृया दिनुहोस्