OnlinePana

आज : २०८३ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २०, २०७९
५३० पटक

२० बैशाख २०७९, मंगलबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद (इद उल फित्र)को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले कर्णालीवासीलगायत देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुलाई विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, मेलमिलाप र भातृत्व अभिवृद्धि भई इदले सम्पूर्ण मौलिक संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गराउने उत्प्रेरणा सबैमा जगाओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले भन्नुभएको छ, “विविधता नै नेपाली समाजको पहिचान र सामथ्र्य हो । मुलुकमा रहेका अनेकौ, जातजाति, भाषा, धर्म र संस्कृतिलाई एकताको मालामा गाँसेर हाम्रो संविधानले सबैलाई समान अवसर प्रदान गरेको छ । संविधानको यस पवित्र भावनालाई आत्मसात गरी नेपालको राष्ट्रियता र राष्ट्रिय एकताको प्रवद्र्धन गर्नु हामी सबैको साझा कर्तव्य हो ।”

इदले नेपालीहरुबीच राष्ट्रियता एकता र साँस्कृतिक ऐक्यवद्धताको भावना सुदृढ गरी सभ्य, समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा पैदा गरोस भन्दै उहाँले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना प्रदान गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्