OnlinePana

आज : २०८१ फागुन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १९, २०७९
७६६ पटक

वैशाख १८ गते, नेकपा माओवादी केन्द्र जुम्लाले स्थानीय तहमा उम्मेदवारी उठ्नका लागि एक पटक मात्र अवसर दिने भएको छ ।
माओवादी केन्द्र जुम्लाले टिकटका कारण अवसरवाद धेरै भएको र आकांक्षी धेरै भएको भन्दै उम्मेदवारलाई घोषणामै प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । माओवादीले पहिलो नगरपालिका, गाउँपालिका वडापालिकाको निति तथा बजेट पारित गर्दा पार्टी घोषणापत्रलाई आत्मसाथ गर्दै पार्टीको उपस्थितिमा कार्यान्वयन गर्नुपर्ने छ । दोस्रो यो पटक उम्मेदवारी भईसकेको अवस्थामा विजयी हुदा वा पराजित हुदा अर्को पटक उम्मेदवारीमा दावी नगर्ने प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

माओवादी केन्द्रले जारी गरेको जिल्ला स्तरीय घोषणापत्रमा युवालाई विकास निर्माण र सामाजिक कार्यमा लगाइने उल्लेख गरिएको छ । नेकपा माओवादी केन्द्रले विगत वर्ष देखि विकास निर्माणमा खर्च गरिने सम्पर्ण रकम रोजगारीमा खर्च गरिने तथा प्रथामिकता दिने बताईएको छ ।

नेकपा माओबादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य गजेन्द्र्रबहादुर महतले जिल्ला पार्टीले बनाएको घोषणापत्र र उम्मेदवारी प्रतिवद्धता सवै तहमा वितरण गर्दै हस्तान्तरण गरिएको बताउनुभयो । एक पटक ५ बर्ष जनप्रतिनिधि भएपनि फेरी आशा गर्नु राम्रो नभएको भन्दै उम्मेदवारलाई प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै हिडेको बताउुभयो ।

प्रतिवद्धता पत्रमा हाल विकास निर्माण सँग रोजगारलाई जोडिने निति लिई रहेको अवस्थामा आगामी दिनमा रोजगार सँग विकास निर्माण जोडीने निति लिइने भएको छ । रोजगारी दिइएका सम्पुर्ण युवा युवतिलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि,वन क्षेत्र,वातावरण सरसफाई सबै स्थानिय तह र नागरिकहरुको सरक्षाका साथै सामाजिक कार्यमा लगाइने ईन्चार्ज गजेन्द्रबहादुर महतले जानकारी दिनुभयो ।
व्यक्तिको क्षमता अनुसार काम दिइने :
माओवादी केन्द्रले बिजय हाशिल गरेमा क्षमता अनुसारको रोजगारी दिने घोषणा पत्रमा उल्लेख छ । ईन्चार्ज महतका अनुसार रोजगारी दिइएका व्यक्तिहरुलाई क्षमता अनुसार काम दिइए पनि विशिष्ट अवस्थामा सबै प्रकारका कामहरु गर्नुपर्ने प्रतिबद्धता लिइने छ । रोजगारीका लागि पहिलो प्राथमिकता नगरपालिका गाउँपालिका भित्रका रोजगार नपाएका सवै घरपरिवारलाई हुनेछ ।

रोजगारी २० वर्ष देखि ६० वर्ष भित्र रहने :
रोजगारीमा खटिने व्यक्तिहरुको उमेरको हकमा २० वर्ष देखि ६० वर्ष भित्र रहने छ । ९) विभिन्न शिर्षकमा जीवन निर्वाह भत्ता लिइरहेका व्यक्तिहरुको हकमा उनीहरु लाई (रोजगारी वा जीवननिर्वाह भत्ता) मध्य एउटा रोज्न दिइने छ ।

यस्तो छ, (माओवादी केन्द्र ) का उम्मेदवारको प्रतिबद्धता पत्र ः
१) म विजयी भएको नगरपालिका गाउँपालिका वडामा पहिलो वर्ष वाट निति तथा कार्यक्रम र बजेटप्रस्तुत गर्दाको मिति बाटै पार्टी को घोषणा पत्रलाई आत्मसात गर्दै जिल्लामा रहेका जिम्मेवार नेता कार्यकर्ताको उपस्थितिमा घोषणा पत्रलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
२) म यो पटक उम्मेदवारी भैसकेको अवस्थामा विजयी हुँदा वा पराजित भएको अवस्थामा पुनः अर्को पटक उम्मेदवारीमा दावि गर्ने छैन ।
क्याप्सन ः उम्मेदवारको प्रतिवद्धता तथा घोषणा पत्रवारे सिञ्जामा जानकारी दिदै जिल्ला ईन्चार्ज महत तस्बिर नेत्र शाही

 

प्रतिकृया दिनुहोस्