OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,बैशाख १९, २०७९जुम्ला,
६६८ पटक

वैशाख १९ गते, जुम्लामा सुरक्षा निकायले निर्वाचन सुरक्षाका लागि तयारी तिब्र बनाएको छ । जिल्ला सुरक्षा समितिले भौतिक रुपमा अनुगमन देखी डिजिटल अनुगमन गर्न थालेको हो ।
प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले निर्वाचन सुरक्षाका लागि डिजिटल नक्शा समेत तयार गरिएको जानकारी दिनुभयो । उहाँले डिजिटल माध्यामबाटै भौगोलिक बिषय र सुरक्षाको दृष्टिमा कति नजिक र टाढा तथा कसरी सुरक्षा व्यवस्था गर्न सकिन्छ भन्ने बिषयमा जिल्ला सुरक्षा समितिले डिजिटल नक्शा समेत तयार पारिएको जानकारी दिनुभयो ।

वैशाख ३० गतको निर्वाचन नजिकिदै जादा जिल्लाका राजनैतिक दल र सरोकारवाला निकायलाई भयरहित बाताबरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायले गरेको र जिल्ला निर्वाचन कार्यालयले गरेको कामको जानकारी समेत गरिएको छ ।

प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार जुम्लामा ७९ स्थलमा १०२ वटा मतदान केन्द्र रहेका छन् । तिनिहरु मध्य १४ वटा मतदान केन्द्र पाँचसय भन्दा कम मतदाता रहेका छन् ।
प्रहरी नायव उपरीक्षक चन्द्धका अनुसार केही मतदान केन्द्रमा हिडेरै जानुपर्ने र एक दिन लाग्ने अवस्थाका छन् । त्यसका लागि सुरक्षा निकायले स्थल अनुगमन तथा अवस्थाको बिषयमा जानकारी लिई सुरक्षा योजना तयार पािरसकेको छ । यसैगरी जिल्लाका मतदान स्थलहरुमा एक महिना अघि देखी सुरक्षा निकायले अनुगमन थालेको छ ।

निर्वाचन स्थल अनुगमनमा प्रजिअ प्रसाई सहित नेपाली सेना नन्द बक्स गणका गणपति रविन थापा, शशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्ध सहितको टोलीले लामो समय देखी स्थलगत अनुगमन गरिरहेको छ ।

निर्वाचन स्थलमा पुग्यो, नेपाली सेना र शशस्त्र प्रहरी :
स्वच्छ भयरहित अवस्थामा निर्वाचन सम्पन्न गर्न सवैको आवश्यकता भएकाले सुरक्षा निकायले पनि स्थानीयको समन्वयमा सुरक्षा व्यवस्था गरिने नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले बताउनुभयो । सेनालाई राज्यले दिएको अधिकार र मापदण्डमा निर्वाचन सुरक्षाका लागि मतदान स्थलमा परिचालन भईसकेको उहाँले बताउनुभयो । उहाँले जिल्लामा डिजिटल नक्शा राखिएको र सो नक्सा अनुसार सुरक्षा निकाय जिल्लाभर कसरी मतदान स्थलमा काम गरिरहेको हेर्ने काम समेत भईरहेको बताउनुभयो । सवै गाउँपालिकामा नेपाली सेनाको टुकुटी पुगि सकेको छ ।

नेपाली सेना डोल्पा हुम्ला, मुगु र कालिकोटमा समेत थप सुरक्षा परिचालन गरिएको छ । ड्रोनको समेत प्रयोग गरेर सवै मतदान स्थनको विवरण अपडेट गरिएको छ । वम डिस्पोल टिमले सवै स्थानीय तहमा साथमा समेत रहेको छ ।

शशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहालले तिनै सुरक्षा एकसाथ निर्वाचन सुरक्षाका लागि रहेको बताउनुभयो । उहाँले शशस्त्र प्रहरी आवश्यकता अनुसार परिचालन भईरहेको बताउनुभयो । यसैगरी ६६९ जना म्यादी प्रहरी समेत परिचलान भईसकेको सुरक्षा समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्