OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीबैशाख १७, २०७९सुर्खेत
७६७ पटक

१७ बैशाख २०७९, शनिबार

होटल व्यवसायी संघ सुर्खेतको अध्यक्षमा ऐनबहादुर शाही निर्वाचित हुनुभएको छ । संघको शुक्रबारबाट शुरु भएको ५औं चुनावी साधारणसभाले आज शाहीको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।

कार्य समितिको बरिष्ठ उपाध्यक्षमा सुमन कार्की (केसी), प्रथम उपाध्यक्षमा हरिप्रसाद अधिकारी, द्वितीय उपाध्यक्षमा प्रेमप्रसाद पाण्डे, महासचिवमा विकास सिलवाल, सचिवमा अर्जुन देवकोटा र कोषाध्यक्षमा दुर्गाबहादुर बस्नेत निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक अधिवक्ता दुर्गाप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सदस्यहरुमा धनबहादुर खड्का, गोपाल विसी, रामचन्द्र चौधरी, टिकाराम खड्का, गणेश गुरुङ, गोविन्दकुमार केसी, कृष्णप्रसाद पौडेल, शंकर भट्टराई, गोविन्द लामा र पोषणराज रेग्मी रहेका चयन भएका छन् ।

संयोजक सापकोटाले नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई आजै पद तथा गोपनीयताको सपथ खुवाइएको बताउनुभयो । सो अवसरमा निवर्तमान अध्यक्ष गोरख रावतले नवनिर्वाचित अध्यक्ष ऐनबहादुर शाहीलाई निर्णय पुस्तिकासहित आवश्यक कागजजात हस्तान्तरण गर्नुभयो । शुरबहादुर सिंह

प्रतिकृया दिनुहोस्