OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,बैशाख १७, २०७९जुम्ला,
६९१ पटक

सिञ्जा वैशाख १८ गते,

सिञ्जा गाउँपालिका माओवादी केन्द्रले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । अध्यक्षका उम्मेदवार पूर्णप्रसाद धितालले जारी गरेको घोषणापत्रमा सिञ्जा सभ्यतालाई संरक्षण गर्न विश्व सम्पदा सूचीमा लिखित दस्तावेजीकरण देखी सिँजा खस संग्राहलय निर्माण कार्यमा जोड दिने सहितका बिषयको घोषणापत्रमा उल्लेख छ ।

माओवादी केन्द्र सिञ्जाले सिँजा गाउँपालिकामा पत्रकार भेटघाट गरी सार्वजनिक गरेको घोषणापत्रमा प्रत्यक वडा कार्यालयका केन्द्रहरुमा १० घर नयाँ शहरको स्थापना गर्ने, उपभोक्ता समितिबाट लागु नगरी श्रम संगठन वनाएर सिधै खातामा श्रमको पारिश्रमिक पाउने व्यवस्था गर्ने, यूवालाई रोजगारीमा प्रथामिकता दिने, नतिजाको आधारमा शिक्षक प्रोत्साहित तथा पुरस्कृत तथा देश भ्रमणको व्यवस्था गर्ने, विद्यार्थीको औषध उपलब्धी पाँच बर्षमा ६० प्रतिशत पुरयाउने गरिने उम्मेदवार धितालले प्रस्तुत गर्नुभएको घोषणापत्रमा उल्लेख छ ।

घोषणा पत्रमा सवै विद्यालयमा ईन्टरनेट जडान, पक्कि भवन देखी आधारभुत व्यवस्थापनामा जोड दिईने छ । सिञ्जाका अति विपन्न नागरिकका लागि आवास व्यवस्थापन गरिने उल्लेख छ । घोषणापत्रमा सिञ्जा गाउँपालिकालाई सूचनामैत्री गाउँपालिकाको रुपमा विकास गरिनेछ ।

सवै नागरिकको स्वास्थ्य वीमा गरिने :

सिञ्जा गाउँपालिकाका सवै नागरिकको निशुल्क स्वास्थ्य वीमा गरिने घोषणापत्रमा उल्लेख छ । उपचारनै गर्न नसक्ने अवस्थाका नागरिकलाई यो निति अत्यान्तै राम्रो हुने गाउँपालिकाले जनाएको छ । कृषिमा एक गाउँ एक कृषि उत्पादन र सहकारी। उत्पादन बजारीकरणमा जोड गरिने भएको छ ।

शिक्षामा पढ्दै सिक्नै र उत्पादन गर्दै काममा प्रथामिकता दिने कामको जोड दिईने छ । अध्यक्षका उम्मेदवार प्रत्यासी पूर्णप्रसाद धितालले यो निति कम्यूनिष्ट नमूना निति भएको बताउनुभयो । यूवालाई रोजगार दिने बिषय प्रथामिकतामा पर्ने भएको छ । हरेक घरको एक जनालाई रोजगारमा जोड्ने निति ल्याईने जिल्लाकै निति साथमा लिईने बताईएको छ ।

सिञ्जा गाउँपालिकाको आफ्नै भवन निर्माण गरि सुचारु गरिने, राजमार्ग देखी पालिका सम्मको बाटो कालोपत्रे गर्ने घोषणा पत्रमा उल्लेख छ । भेडापालन व्यवसायलाई प्रवर्धन गरि ऊन र राडिपाखी उत्पादनमा जोड दिईने बताईएको छ । जलजमिन जडिवुटिबाट प्राप्त लाभलाई राजश्वको दायरमा ल्याईने माओवादी केन्द्र सिञ्जाको घोषणापत्रमा उल्लेख छ ।

घोषणपत्र सार्वजनिक कार्यक्रममा माओवादी जुम्लाका ईन्चार्ज तथा केन्द्रीय सदस्य गजेन्द्रबहादुर महतले यूवालाई रोजगार दिने बनाउने जिल्ला पार्टीको निति रहेको बताउनुभयो । उहाँले उपभोक्ता पद्धतिले झन समस्या ल्याएको भन्दै सरकारको रोजगार निति अनुसार अव प्रत्यक घरको एक जनलाई स्वरोजगार वनाउन जोड दिनुपर्ने बताउनुभयो ।

नेकपा माओवादी सिञ्जा गाउँपालिका उपाध्यक्ष रतनबहादुर शाहीको अध्यक्षतामा बसेको वैठकमा नेकपा माओवादी प्रदेश कमिटी सदस्य चन्द्रविर तिरुवाले सिञ्जामा माओवादी लगभग बिजय हुने बताउनुभयो । उहाँले माओवादीले जिते मात्रै ऐतिहासिक खस सभ्यता र यहाँको समृद्धिमा जोड हुने बताउनुभयो । घोषणा पत्रमा १ देखी ६ सम्मका वडाध्यक्ष, पार्टीका नेताहरुले सूझाव सहित समर्थन जनाएका छन् ।

प्रतिकृया दिनुहोस्